नेपालमा सबैभन्दा बढि बिक्रि हुने सिसि क्यामेरा कम्पनि हिकभिजनले थप उत्पादन ल्याउदै

326


वीरगंज, जेठ १३ – विभिन्न ब्राण्डका सीसीटीभी तथा आइपी क्यामेराहरु बजारमा उपलब्ध गराउँदै आएकोमा चिनी ब्राण्ड ‘हिक भिजन’का उत्पादनहरु पनि नेपाली बजारमा प्रस्सतै मात्रमा भित्राएको छ । विश्वको सबैभन्दा ठुलो र सर्वाधिक प्रयोग हुने क्यामेराको रुपमा समेत चिन्हीहेको हिक भिजनले शोमबार वीरगंजमा डिलर मिट सम्पन्न गरेको छ ।

प्रदेश नं. २ का विभिन्न जिल्लाबाट आएका डिलरहरुलाई हिकभिजन क्यामेरा र सम्बन्धित उपकरणहरुका बारेमा जानकारी दिन डिलर मिटको आयोजना गरिएको वीरगंजका प्रमुख डिलर सिम्प्लिफाई आईटि सलुसनका विक्रम जैनले जानकारी गराए ।


कम्पनीको मुख्य कार्यालयबाट आएका अतिथिहरुले कम्पनिका क्यामेरा, डिभिआरलगयात नयाँ उपकरणहरुका बारेमा जानकारी गराउन संगै प्रयोग र महत्वका बारेमा डिलरहरुलाई बताएका थिए । डिलर मिटमा कम्पनिले नेपालमा भित्र्याउन लागेको नयाँ उपकरणको प्रयोग, फाईदालगयात विषयमा जानकारी गराईएको थियो ।

जैनले नेपाल र भारतमा हाल सबैभन्दा हिजभिजन कम्पनिको क्यामेरा प्रयोग हुने जानकारी समेत गराए । ‘हाम्रो मार्केट स्येअर ठुलो छ, जैनले भने, ‘भारत, नेपाललगयात एसिया महाद्वीपका अधिकांस देशमा सरकार कार्यालयहरुमा समेत हिकभिजनका भिडियो निगरानी उत्पादनहरु प्रयोग हुन्छन ।

हाल नेपाल बजारमा हिकभिजन ब्राण्डका नयाँ र अत्याधुनिक भिडियो निगरानी उत्पादनहरु भित्र्याएको हिजभिजन नेपालका प्रमुख डिलर मणि कुमार तमाङ्गले बताए । ‘हाम्रो मुख्य उद्देश्य सुरक्षा र काम स्थानमा सुरक्षित बनाउन छ । हामी विभिन्न प्रकारका सुरक्षा सामानहरू जस्तै सीसीटीभी निगरानी प्रणाली, फायर अलार्म, एपब्क्स्, पीसी आधारित ड्व्र्, केन्द्रीय निगरानी प्रणाली (सीएमएस), सञ्जाल प्रणाली, गृह स्वचालन प्रणाली, सुरक्षा भिओफोनोफोन, जस्ता बिभिन्न भरपर्दो रसुरक्षित समानहरु उपलब्ध गराउछौं, तमाङ्गले भने, ‘कम्पनिले स्थापनाको मितिबाटनै विभिन्न सुरक्षा प्रणाली मार्फत ग्राहकबर्ग हरुमा बिभिन्न सेवा प्रदन गरिरहेको छ ।’

तमाङ्गले हिकभिजनले नेपालमा पहिलो पटक डबल सेकुरिटी भएको ह्याक नहुनसक्ने सिसिटिभी क्यामेरा, अँध्यारोमा समेत रङ्गीन तस्विर लिने क्यामेरा जस्ता नयाँ र विशेषता युक्त उपकरण भित्र्याउन लागेको समेत जानकारी गराए । उनले ई उपकरणहरु छिट्टै वीरगंज लगयात प्रदेश २ भरि उपलब्ध हुने भने।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here