×

बारा, १२ जेठ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले गढीमाई र सिम्रौनगढको विकास गर्न प्रदेश सरकार तयार रहेको बताए ।

प्रदेश सरकारको सहयोगमा गढीमाईमा ७ करोड ६० लाखको विवाहमण्डप र धर्मशाला निर्माण भइरहेको जानकरी उनले दिए ।

विकास निर्माणको काममा राजनीति नगर्नको लागि आग्रह गर्दै मन्त्री सोनलले प्रदेश सरकार सबैसित सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।

बाराको गढीमाई मन्दिर संचालन तथा विकास समितिको चौथो साधारणसभा कार्यक्रममा मन्त्री सोनलले सो कुरा बताएका हुन् ।

सो अवसरमा समाजवादी पार्टी नेपालका महासचिव एवम् प्रतिनिधिसभा सदस्य रामसहाय यादवले गढीमाई र सिम्रौनगढको विकास कार्य अगाडी बढिसकेको बताए । दुवै स्थलको विकासमा संघीय र प्रदेश सरकार गंभिर रहेको उनले थपे ।

Back to top