वडा अध्यक्ष पवन तिवारीले बाडे बिपन्न दलितलाई ग्यास सिलिण्डर र चुलो

316

वीरगन्ज १२ जेठ । पर्साको कालिकामाई  गाउँपालिका वडा नं ५  बिरंचिवर्वाका दलित परिवारलाई ग्यास सिलिण्डर र चुलो  बितरण गरिएको छ ।

शनिबार आयोजित एक कार्यक्रमका बिच वडा कार्यालयले आफ्नो वडाका ४७ दलित परिवारलाई ग्यास सिलिण्डर र चुलो बितरण गरेको हो ।



ग्यास बितरण गर्दै वडा अध्यक्ष पवन तिवारीले वडाका हरेक घरमा ग्यास सिलिण्डर पुर्याउने लक्ष रहेको सुनाए ।

वडाका बिपन्न दलित परिवारलाई सम्पन्ततर्फ उन्मुख गराउन उनिहरुको हकहितका लागी काम गर्ने प्रतिबद्धता समेत उनले बयक्त गरे ।

राज्यले उपलब्ध गराउने सेवा सुबिधाहरुमा पनी दलितहरुलाई विशेष प्रथमिकता दिने पनी उको भनाई थियो । वडा अध्यक्ष तिवारीले बिपन्न दलितकै लागी विशेष कार्यक्रम ल्याउने पनि सोही कार्यक्रममार्फत उद्घोष गरे ।

कार्यक्रम मा वडा नम्बर ५ का सचिव मणिभुषण प्रसाद, वडा सदस्य महेन्द्र राउत, स्थानिय चुमन राउत, बागड महतो, वचन राउत, सतन राउत, भोज राउत, हनिफ मियालगायतको उपस्थित रहेको थियोे  ।