×

वीरगन्ज ११ जेठ । मैस्कट एकाडेमीको प्रङ्गणमा विद्यालयका संस्थापक प्रिन्सिपल श्री छेडुप लामाको अध्यक्षतामा शैक्षिक सत्र २०७५ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने छात्र÷छात्राहरुलाई पुरस्कार वितरणका साथै क्रमशः मासिक शुल्कमा ५०५, ३०५ र २०५ छात्रवृत्ति समेत प्रदान गरिएको छ । साथै विद्यालयले विभिन्न विधामा उत्कृष्ट छात्र–छात्राहरु स्टुडेन्ट अफ द इअर सशिल राउत, बेस्ट हाइजेनिक मयङ्खु गुरुङ, साम्भवी ठाकुर, राजश्मी ताम्राकार रिजन चापागाई र केन्जी लामा, हाइएस्ट एटेन्डेन्स अफ द इअर आस्था खनाल, रियुष श्रेष्ठ, निम्पी शर्मा, शनी चौधरी, कृतिका गौतम र अभिषेक शर्मा, हाइएस्ट पर्सेन्टेज प्रिप्राइमेरी तहमा – कृष्टी पंजियार, आरुष साह, प्राइमरी तहमा – दिपिका पटेल र रिजन चापागाई र सेकेन्डरी तहमा पलक गुप्ता र प्रियांसु अंकित लाई पुरस्कार वितरण गरियो । त्यसै गरि स्कूल क्याप्टेन, हाउस क्याप्टेन, क्लास मनिटरका साथै विद्यार्थी परिषद गठन गरी ब्याज वितरण कार्यक्रम सम्पन्न गरियो ।

Back to top