×

चिरञ्जीवी यादव, वीरगन्ज ९ जेठ । वीरगञ्ज महानगरपालिकामा रहेको एक सामुदायिक विद्यालयको भवन निर्माणको लागि आएको रकम लिएर प्रधानाध्यापक फरार भएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर-३१ बेल्वा टोलमा रहेको सामुदायिक विद्यालयको ५ लाख रकम लिएर प्रधानाध्यापक फरार भएका हुन्।

विद्यालयका पूर्वप्रधानाध्यापक सन्तोष कुमार गुप्ताले विद्यालयको भवन निर्माणको लागि तात्कालिन जिल्ला शिक्षा कार्यालय पर्साबाट आएको ५ लाख रकम लिएर फरार भएका हुन्।

विद्यालयमा अपुग रहेको कक्षा कोठाको निर्माणको लागि जिल्ला शिक्षा कार्यालय पर्साबाट आएको रकम मध्ये ५ लाख रकम २०७४ सालमा विद्यालयका प्रधानाध्यापक रहेका गुप्ता हालसम्म सम्पर्कविहीन रहेको हाल विद्यालयको प्रधानाध्यापक रहेका सचिन्द्र कापरले बताए।

वि.सं. २०७४ सालमा विद्यालयमा अपुग रहेको कक्षा कोठा निर्माण गराउनको लागि पूर्वप्रधानाध्यापक गुप्ताले विद्यालयको नाममा रहेको खातामा जिल्ला शिक्षा कार्यालयबाट रकम हाल्न लगाई आफ्नै नाममा चेक काटेर रकम निकालेर सम्पर्कविहीन भएको प्रधानाध्यापक कापरको भनाई छ।

Back to top