२६ वर्षे सेलिब्रिटी सेलेना ६८ वर्षे अभिनेतासँग विवाह गर्दै !

230

अमेरिकी पपस्टार सेलिब्रिटी सेलेना गोमेज यस वर्षको जारी कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदा धेरैको ध्यान तानियो ।

गोमेज आफू अभिनीत फिल्ममा को एक्टर बिल मुरेको साथमा देखिएकी थिइन् । कान्सको रेड कार्पेटमा हिँड्दै गर्दा सेलेनाको चर्चा जति भयो उनको विवाहको समाचारले झन् धेरै चर्चा पाएको छ ।



२६ वर्षे अभिनेत्री सेलेना पहिलो पटक कान्समा सहभागी हुँदा उत्साही देखिन्थिन् । उनले आफू सम्मानित महसुश गरेको भन्दै अनुभव व्यक्त गरेकी थिइन् ।

यससँगै बिल मुरेसँग विवाह गर्ने सूचना उनले दिँदा धेरै चकित भएका छन् । चकित यसर्थ कि, सेलेनाले आफूभन्दा ४६ वर्ष धेरै उमेरका ६८ वर्षे अभिनेता बिल मुरेसँग विवाह गर्ने कुरा सार्वजनिक गरिन् ।

पपस्टार जस्टिन बिवरसँगको रिलेशनबाट अलगिएपछि एक्लै रहेकी सेलेनाले अचानक यस्तो सूचना सार्वजनिक गरेकी हुन् । उनका केही समकालिनले भने उनले ठट्टा मात्रै गरेको हुनसक्ने आंकलन गरेका छन् । कान्सको रेड कार्पेटमा सेलेना र बिलले देखाएको हर्कत हेर्दा भने उनीहरु रोमान्टिक रुपमा प्रस्तुत भएका थिए ।

केही अन्तर्राष्ट्रिय मिडियाले भने उनले विवाहको कुरा सार्वजनिक गरेको समाचार स्टन्टवाजी मात्रै हुनसक्ने भन्दै व्याख्या गरेका छन् ।

एजेन्सी