×

वीरगन्ज ८ बैशाख । परवानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ती किशोरीलाई बलात्कार गरेका हुन ।

बलात्कार गरिरहेकैबेला स्थानीयले मण्डललाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । अर्का व्यक्ति भने भागेका छन भागनेको प्रहरीले खोजिकार्य गरिरहेको छ ।

करिब १६ वर्ष उमेरकी किशोरीलाई आइतबारदेखि गाउँमा देखिएकी थिइन । उनी कहाँबाट आएकी हुन् भन्ने स्थानीय कसैलाई थाहा छैन । किशोरीलाई अहिले मानव सेवा आश्रम वीरगन्जले आश्रय दिएको छ । तर उनी आफ्नो तथा अभिभावकको नाम, ठेगाना बताउन सक्दिनन ।

Back to top