×

वीरगन्ज ७ जेठ । वीरगन्ज भन्सार कार्यालयमा राजस्व नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरीले पोके तस्करहरुसँग पैसा असुल्नमा व्यस्त भएका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काको निर्देशनमा खटिएका सशस्त्र प्रहरी टोलीले विहान र बेलुका तस्करहरुसँग पैसा असुल्दै सामान नेपाल ल्याउन दिने क्रमलाई बढाएका छन् । ड्युटी भन्दा पनि कसरी बढि भन्दा बढि पैसा असुल्न सकिन्छ भन्नेतर्फ सशस्त्र प्रहरी अघि बढेको देखिन्छ । साइकलमा गर्ने तस्करी होस् अथवा पोके तस्करी होस् हातमा १ सय रुपैया बेरेर दिए कुनैपनि सामान ल्याउन सकिन्छ ।खास गरेर महिला सशस्त्र प्रहरी जवानले महिला पोके तस्करहरुसँग सामान चेकजाँच गर्ने बहानामा महिला तस्करको नजिक गई हातबाट सुटुक्क पैसा लिने गरेका छन् । तस्करसँग सशस्त्र प्रहरीले कुन बेला पैसा लिए भन्ने थाहै हुँदैन, लाग्छ कि ति महिला तस्करले लिएको सामानलाई महिला सशस्त्र प्रहरीले चेकजाँच गरि रहेकी छिन् तर त्यस्तो केही हैन, तिनी पैसा लिन महिलाको नजिक जाने गरेकी छिन् । सशस्त्र प्रहरीका जवानहरुले कुना कप्चामा तस्करहरुलाई ल्याए पैसा बुझ्ने गरिएको देखिएको छ । सामान सिमा नाकामै राख्ने र पैदल आएर भन्सार कार्यालयका पछाडि अर्थात त्यही कुना कप्चामा सशस्त्र प्रहरीलाई लगेर पैसा दिई सामान ल्याउने क्रम बढ्दो छ । सशस्त्र प्रहरीहरुलाई नेपाल सरकारले ड्युटीमा खट्न तालिम दिएको हो, कि पैसा असुल्न पत्तै लगाउन गाह्रो छ ।उनीहरुले तस्करहरुसँग लिने गरेको पैसा खासै कोहीले हेर्न पाउँछन् । लाग्छ कि तिनीहरुलाई ड्युटी गर्नु भन्दा पनि पैसा असुल्ने तालिम दिइएको छ । सशस्त्र प्रहरीका जवानहरुले तस्करहरुसँग लिने गरेको पैसाको तरिका हुरेपछि जो कोही पनि अचम्म हुन्छन् । पैसा बेरेर हातमा समाईदिने, अनि पारीबाट ल्याइएको सामान मज्जाले ल्याउने । कस्तो सजिलो तरिका, बेरिएको पैसा कति हो, त्यो पनि हेर्दैनन् सशस्त्र प्रहरीहरु । कि त उनीहरु जे आयो त्यही ठीक सोचेर गोजीमा हाली हाल्छन, कि त पैसालाई हातले छुने वित्तिकै पत्ता लाग्छ कि कति छ ? त्यसैले सुटुक्क गोजीमा राखेर त्यहाँबाट अन्यत्रै चेकजाँचको लागि खट्छन् ।उनीहरुको तरिका गज्जबैको छ । यो त सामान्य तरिका हो । अर्को तरिका भने पश्चिम तर्फ रहेको भन्सार कार्यालयको दक्षिणपट्टि रहेको सानो गल्लीको भित्र कुना, कप्चामा रहेको इट्को पर्खालको माथि तस्कर गएर इटले पैसालाई छोपि दिन्छन, अनि सशस्त्र प्रहरी गएर त्यो पैसा ल्याई हाल्छन, अनि तस्करलाई सामान ल्याउन छुट दिन्छन् । सशस्त्र प्रहरीसँग पैसा असुल्ने यस्ता थुप्रै तरिका छ, र दिनहुँ यही तरिका अपनाएर रकम असुल्नमा व्यस्त छन् । यो त उदाहारण मात्रै हो, दैनिक यस्ता हजारौं तस्करहरु राजस्व नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरीलाई घुस दिई राजस्व छल्ने गरेका छन् ।

यि त साना तिना तस्करहरु हुन् ठूला तस्करसँग भने पैसा असुल्न छुट्टै घुमुवा सशस्त्र प्रहरी परिचालन गरिएको छ । व्यवसायीहरुको सामान वीरगन्ज ल्याउनका लागि ति सशस्त्र प्रहरीका घुमुवाले सेटिङ्ग मिलाउने र ट्याक्टर, बैलगाडा तथा ट्रकमा भन्सार छलिको सामान वीरगन्ज भित्रिने गरेको छ । राजस्व नियन्त्रण गर्न भनेर खटाइएको सशस्त्र प्रहरीको सहयोगले नै दैनिक लाखौ करोडौंको राजस्व छलि भइरहेको छ ।

Back to top