×

वीरगन्ज ५ जेठ । प्रदेश नंबर २ की प्रदेशसभा सदस्य रागिनी वरनवालले वीरगन्ज महानगरपालीकाका मेयर विजय सरावगीको पनि लगानी रहेको सामुदायिक रेडियो नारायणी एफएमलाई आफ्नो संसदीय कोषबाट उपकरण खरिदमा सहयोग गरेकी छन् ।

पर्सा जिल्लाबाट समानुपातिकमा निर्वाचित प्रदेश सांसद वरनवालले , सामुदायिक रेडियो नारायणी एफएमलाई लाखौ रुपैया पर्ने एक थान ट्रान्समिटर र अनलाईन युपिएस उपलब्ध गराएकी हुन् ।एक कार्यक्रमका विच प्रदेश सांसद वरनवालले नारायणी एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटालाई ती दुवै उपकरण हस्तान्तरण गरेकी हुन् ।

वीरगन्जमा २०६३ साल कार्तिक ४ गते देखि नियमित प्रसारणमा रहेको सामुदायिक रेडियो नारायणी एफएमले स्थानीय समुदायलाई केन्द्रित गरी कार्यक्रम उत्पादन तथा समाचार प्रसारण गर्दे आईरहेको छ ।

उपकरण हस्तान्तरण कार्यक्रममा नारायणी एफएमका कार्यकारी निर्देशक देवकोटाले प्रदेशसभा सदस्य वरनवालाई सामुदायिक रेडियोलाई उपकरण सहयोग गरेकोमा धन्यवाद दिए । आउने दिनमा यस्ता सहयोग पाइरने विश्वास रेडियोले लिएको पनि उनले बताए ।

Back to top