पत्रकारहरु आन्दोलनमा, सञ्चार संस्थामा तोडफोड गरेकालाई कार्वाही गर्न प्रजिअलाई ध्यानाकर्षण

154

वीरगन्ज ३ जेठ । नेपला पत्रकार महासंघ पर्सा शाखाले संसदमा पेश भएको विध्येक र एभीन्युज टेलिभिजनमा भएको तोडफोडको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना तथा प्रमुख जिल्ला अधिकारीलाई घटनामा संलग्नको अनुशन्धान बारे जानकारी लिएको छ ।

संघिय संसदमा पत्रकारलाई १० लाख सम्मको जरिवाना तथा प्रदेश सरकारले विहिबार मात्रै प्रदेश सभामा दर्ता गराएको विद्येयकमा १ करोड सम्मको जरिवानाबारे केन्द्रिय निर्णय अनुसार आज जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा संचार समाग्रि सहित धर्ना दिएको छ ।



संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहित अन्काय केही कानुनमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै आन्दोलित भएको नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ ।

विरोधको क्रममा प्रदेश नं २ का प्रदेश अध्यक्ष दीपेन्द्र चौहानले संघ र प्रदेश सरकारले गणतन्त्र र लोकतन्त्रका प्रमुख संवाहक पे्रसमाथी अधोषित तरिकाबाट प्रतिबन्ध लगाउने तैयारी गरेको आरोप लगाए छन् भने प्रदेश सरकारले ल्याएको संचार बिधेयक प्रेस स्वतन्त्रता कुण्ठित गर्ने षयन्त्र भएको जानकारी दिए ।

प्रदेश उपाध्यक्ष केसी लामिछानेले प्रदेश सरकारले महासंघसंग गरेको छलफल, प्रतिबद्धता विपरित संचार विधेयक दर्ता भएको र वर्तमान संघ र प्रदेश सरकार संचार मैत्री नभएको र तानाशाही बाटो अवलम्ँबन गरेको आभास हुन लागेको बताए । विरोध कार्यक्रम शाखा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको थियो । महासंघको अगुवाइमा भएको प्रदर्शनमा प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लगाइएको थियो ।