×

वीरगन्ज ३१ बैशाख । वीरगन्ज भन्सार राजस्व गस्तीटोलीले ओनेरेक्स सहित एकजनालाई पक्राउ गरेको छ । भारतको रक्सौलबाट वीरगन्ज भित्रिदै गर्दा विशेष सुचनाको आधारमा वीरगन्ज सशस्त्र प्रहरी राजस्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायक उपरिक्षक तिलक खडकाको कमान्डमा खटिएको टोलीले पक्राउ गरेका हुन ।

मकवानपुर जिल्ला हेटौडा वडा नं. ९ बसने शम्भु सुबेदीका छोरा अग्नी सुबेदी ९६ पिस लागु औषध सहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायक उपरिक्षक तिलकले बताए ।

ना.११ प २६१८ नं.को उफजेड मोटरसाईकलमा लागु औषध भित्रिरहेको सुचना पाउनसाथ सशस्त्र प्रहरी नायक उपरिक्षक तिलकले टोलीलाई परिचालन गरि ९६ पिस लागु औषध सहित अग्नी सुबेदी पक्राउ गरेका हुन ।

Back to top