मदिशे, धोती र बिहारी भनेर हेप्नेलाई ५ वर्ष जेल हुनुपर्ने,तराई मधेश उत्थान फाउन्डेशन संस्थाको माग

481
Share

वीरगन्ज ३१ बैशाख । नेपाल तराई-मधेशमा बसोबास गर्ने जनसमुदायलाई मदिशे, धोती जस्ता शब्द प्रयोग गरी हेप्नेलाई कम्तीमा पाँच बर्षको सजाय हुने गरी कानुन बनाउन माग गर्दै प्रदेश २ सरकारसँग आग्रह गरिएको छ ।

प्रदेश २ का मुख्य न्यायाधिबक्ता दिपेन्द्र झा तथा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई सोमबार ज्ञापन बुझाउँदै तराई मधेश उत्थान फाउन्डेशन नामक संस्थाले मदिशे, धोती, बिहारी, इण्डियन, देशी, काले, मनुमखी, मर्सिया आदि किसिमको रंगभेदी शब्द र यसलाई बढावा दिनेलाई कमसे कम पाँच सालको सजाय हुने गरी सशक्त कानुन बनाउन माग गरेका हुन् । संघीय सरकारलाई पनि यस्तै कानुन बनाओस् त्यसका लागि पहल गर्न पनि प्रदेश सरकारसँग आग्रह गरिएको छ ।यस्तै ज्ञापनमा नम्रता वाग्ले र उनलाई साथ दिने व्यक्तिलाई पनि कार्वाही प्रकृया अघि बढाउन प्रदेश सरकारसँग आग्रह गरिएको छ । वाग्लेले बिरगंजमा नागरिकता लिन लाइन लागेका व्यक्तिहरुलाई भारतीयको संज्ञा दिदैं भिडियो लिएकी थिइन् ।

ज्ञापनमा विद्युतिय माध्यमद्वारा सामाजिक सद्भाव खल्बल्याउने र रंगभेदी व्यबहारलाई बढावा दिनेबिरुद्व साइकर क्राइमको कानुन ल्याउन माग गरिएको छ । प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, मुख्यमन्त्रीको कार्यालयलाई बोद्यार्थ राखी ज्ञापन बुझाइएको उक्त संस्थाका प्रतिनिधी संजय यादवले बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here