×

वीरगन्ज ३१ बैशाख । वीरगन्ज महानगरपालिका–१६ मा रहेको नगवा बौद्धीमाई पोखरीलाई सौन्दर्यीकरणको नाममा सडकनै साँघुरो बनाएर पर्खाल निर्माण गर्न थालेपछि स्थानीय विरोधमा उत्रेका छन्।

सौन्दर्यीकरणको नाममा पोखरीको दक्षिणपट्टीको मुख्य सडकनै अतिक्रमण गरी ठेकेदारले मुख्य सडकको २० फिट चौडाई नापेर पर्खाल उठाउन खोजेपछि स्थानीय विरोधमा उत्रेका हुन्।

ठेकेदारले वडाध्यक्ष श्यामबाबु चौरसियालाई प्रभावमा पारी प्रहरी लगाएर रातीको समयमा पर्खाल उठाउन डोजर लगाएर जग खनिसकेका छन्। पर्खाल लगाउन थालेपछि स्थानीयले विरोध गर्दै काम रोकेको राजपाका जिल्ला उपाध्यक्ष कपिलप्रसाद पटेलले बताए।

पर्खालको पूर्व र पश्चिम पट्टी ४० फिटको पिच सडक छ। मुख्यमन्त्री स्वच्छता अभियानका क्रममा प्रदेश–२ सरकारले पोखरी सौन्दर्यीकरण गर्न ८ करोड १२ लाख ५७ हजार रुपैयाँ मुख्यमन्त्री लालबाबु राउतले छुट्याएका छन्।

Back to top