टेलिभिजन बीरगंज कार्यलयमा तोडफोड गर्ने फोरमका नेताको घरमा बास, पर्सा प्रहरीको खोजिकार्य जारी !

701

वीरगंज ३१ बैशाख । नेपाल पत्रपकार महासंघ पर्सा शाखाको आयोजनामा आज यहांका संचारकर्मीहरुको बृह्त भेला सम्पन्न भएको छ । भेलामा हिजो एभिन्युज टेलिभिजनको बीरगंज कार्यलयमा भएको तोडफोडको बारेमा गम्भिर छलफल चलाएको छ । भेलाले आक्रमण गर्नेहरुलाई कानूनको दायारामा ल्याउनको लागि सबैले माग गरेका छन । आन्दोलनको स्वरुपका बारेमा अझै भोली ब्यापक छलफल र परामर्श गरि अघि बढ्ने सहमति भएको छ । बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द चौहानले पर्सा शाखाले गर्ने पत्रकार हितका हरेक कार्यक्रममा आफुहरुको सहभागित र ऐक्यबद्धता रहने धारणा राख्नुभएको थियो । भेलामा महासंघका प्रदेश सदस्य जगत राई, अनुप तिवारी, मनोज पटेल, राम सर्राफ, बिजय भण्डारी, बिजय महतो, शेखर छतकुल्ली, आशिक अन्सारी, क्रान्ँित साह,हरिशंकर शर्मा, लगायतले आ—आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा भएको थियो । यता एभिन्युज टेलिभिजनको बीरगंज कार्यलयमा भएको तोडफोड गर्नेलाई पर्सा प्रहरीले खोजिकार्य जारी राखेको छ । श्रोतका अनुसार तोडफोड गर्नेहरुलाई पर्सा फोरमका केहि नेताहरुले संरक्षण दिई आफनो घरमा बासबसाएका छन ।