×

बीरगंज, ३० बैशाख । एभिन्युज टेलिभिजनको मध्यमान्चल क्षेत्रिय कार्यालय बीरगंजमा समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।

मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार तोडफोडबाट बाहिर राखिएका बोर्ड, ढोका तथा झ्यालका सिसाहरु फुट्नुका साथै क्यामेरा पर्सन जाकिर हुसैनको क्यामेरामा समेत क्षति पुगेको छ ।

समाजवादी पार्टीका बीरगंजका कार्यकर्ता १२ नं. वडा अध्यक्ष तुफन सिहको नेतृत्वमा तोडफोड भएको एभिन्युज खबरका पर्साका संवाददाता हरीशंकर शर्माले बताउनुभएको छ ।

घटास्थलमा ब्यापक मात्रामा नेपाल प्रहरी र श्सस्त्र प्रहरी परिचालन गरिएको छ । घटनाको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराइ, प्रहरी उपरिक्षक रेवति ढकाल लगायतले निरिक्षण गरेर फर्किनुभएको छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले तोडफोडमा संलग्नलाइृ छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासन सँग माग गर्नुभएको छ ।

एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा उपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेपछि अहिले सर्बत्र आलोचना भइरहेको छ । https://www.facebook.com/yatradaily/videos/2217546098333732/?t=0

Back to top