×

वीरगन्ज २९ बैशाख । बारा प्रहरीको बदमासीका कारण वीरगन्जका एक सुनचाँदी ब्यपारी सिमरा प्रहरी कार्यालयमा दुई साता देखि थुनामा रहेका छन ।

दुई साता अगाडी काठमाण्डौबाट वीरगन्ज आउने क्रममा काठमाण्डौ विमान स्थलमा एक महिला यात्रुसंग समान्य बिवाद भएपछि बाराको विमान स्थल सिमरा ओलिन वितीकै वीरगन्जका सुनचाँदी ब्यपारी अभिशेख सर्राफलाई बाराको सिमरा प्रहरीले पक्राउ गरि दुई साता देखि थुनामा राखेको पिडीतका परिवारले आरेप लगाएका छन् ।

यता यात्रुसंग समान्य बिवादका कारण वीरगन्जका सुनचाँदी ब्यपारी अभिशेख सर्राफलाई दुई साता देखि किन थुनामा राखिएको बारेमा सिमरा प्रहरी कार्यालयका प्रहरी निरिक्षक शुभाष हमालसंग बुभ्mदा ‘ भिडीयो कल गरेको र विमान स्थलमा रहेकी रौतहटनिवासी एक महिलाको भिडीयो पनि आफन्तलाई देखाउदौ सर्राफले महिलाको मानमर्दन गर्ने प्रयास गरेपछि महिलाको अनुरनेधमा उनलाई नियन्त्रणमा लिइ सार्वजनिक मद्दा चलाएको बताए ।

श्रोतका अनुसार यता सर्राफले दुब्र्यहार गरेको महिलाले हालसम्म प्रहरी कार्यालयमा कुनै किसिमको उजुरी दिएका छैन्न ,तर पनि सिमरा प्रहरीले सर्राफलाई दुई साता देखी थुनामा राखेको छ ।

Back to top