एक-काद व्यक्तिले गल्ती गर्दैमा सिंगो प्रहरी संगठन नै गल्त छ भन्न नमिल्ने-प्रहरी उपरिक्षक ढकाल

232

वीरगन्ज २९ बैशाख । पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले आफु कहिले पनि गुण्डा,तस्कर,अपराधी तथा दालालहरुसँग हात नमिलाएको दावी गर्नु भएको छ । प्रहरी उपरिक्षक ढकालले यात्रा डेली डट कमसंग गरेको कुराकानी :

पर्सा प्रहरी अहिले वीरगन्जमा धेरै चर्चामा छ नी ?
एक-काद व्यक्तिले गल्ती गर्दैमा सिंगो प्रहरी संगठन नै गल्त छ भन्न नमिल्ने बताउँनु भयो । पर्सामा आए देखि नै शान्ति सुरक्षा,अपराध नियन्त्रण तथा तस्करी रोकथामका लागि दत्तचित भएर काम गर्दै आएको बताउँदै उपरिक्षक ढकालले मेरो कामको मुल्याङ्क मैले भन्दा पनि यहाँका जनसमुदायले गर्नु पर्ने वताउँनु भयो । अधपि पर्साको एक बर्षको बसाईमा पर्सा प्रहरीले थुपै हत्यारा,तस्कर तथा जघन्य प्रकृतिका घटनाका दोषीहरुलाई कानुनको कठघरामा उभ्याएको वहाँले वताउँनु भयो ।
वहाँले शान्ति सुरक्षा अपराध नियन्त्रण वाहेक प्ररही गाउँ गाउँमा कुरुती विरुद्धको अभियान चलाएको तथा व्यवस्थित वीरगन्ज अभियानमा पनिसकृयका साथ लागेको वताउँनु भयो । गत आर्थिक बर्षको तुलनामा पर्सा प्रहरीले करोर्डौ मुल्य बराबरको राजस्व छलीको माल समान नियन्त्रण गरी भन्सारलाई बुझाएको बताउँदै मेरो कार्यकालमा तस्कर धेरै हद सम्म ढटेको पनि दावी गर्नु भयो ।
कत्र्तव्य ज्यानका मुदामा दोषी देखिएका अपराधीहरुलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको तथा केहि अपराधीको खोजी कार्य अन्तिम चरणमा रहेको उपरिक्षक ढकालले बताउँनु भयो । प्रहरी उपरिक्षक ढकालले मलाई बदनाम गर्न प्रयासहरु पनि भएको भए पनि त्यसबाट आफुलाई झनै सचेत हुन सहयोग गरेको वताउनु भयो । एक बर्षको पर्सा वसाईको क्रममा नागरिक समाज,पत्रकार तथा राजनितिक दलका प्रतिनिधि सवैसँग राम्रो सहयोग पाएको उपरिक्षक ढकालले वताउनु भयो ।