×

वीरगन्ज २९ बैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्रले एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसकेपछि स्टुडियोबाट बाहिरिएका छन् । आइतबार राति नौ बजे एभिन्यूज खबरको सकस राजनीति बहसमा सहभागी भएका उपप्रधानमन्त्री यादवले सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गरेका हुन् ।

भिडियो गर्नुहोस् :

https://youtu.be/SloxDS_otUI?t=1151

भ्रष्टाचारको विषयमा मन्त्री यादवले जवाफ दिन आनाकानी गरेपछि प्रश्नकर्ता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए । तर उनी उल्टै प्रश्नकर्तामाथि खनिए । प्रश्न कर्ता पाण्डेले पटक–पटक जवाफ दिन आग्रह गर्दा पनि गैरजिम्मेवार बन्दै उनी स्टुडियोबाट बाहिरिए । सरकारका जिम्मेवार मन्त्री नै सञ्चार माध्यमको सामना गर्न नसकेर एकाएक स्टुडियोबाट बाहिरिनुले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रष्ट्याएको छ ।

Back to top