×

वीरगञ्ज २६ बैशाख । पर्साका निर्वाचित जनप्रतिनिधी तथा कर्मचारीहरुको बदमासीका कारण स्थानीय तहमा भएको खर्च कोष तथा लेखा नियन्त्रण कार्यालयलाई अहिलेसम्म चौमासिकको खर्च विवरण बुझाएका छैनन् ।

संघीय सरकारले तेस्रो किस्ताको रकम निकासा गरिसकेको भएपनि कुनैपनि पर्साका स्थानीय तहले दुई चौमासिकको खर्च विवरण नपठाएको कोलेनिकाले जनाएको छ ।

पर्सा स्थानीय तहका निर्वाचित जनप्रतिनिधी र कार्यरत कर्मचारीहरुले रकम निकासा गरिदिन भन्ने तर, स्थानीय तह गोलमाल खर्च गरेका कारण नै खर्च विवरण समयमै नबुझाउने परिपाटी नै बसेको कोलेनिका पर्साका सूचना अधिकारी हृदय नारायण साहले बताए ।

सूचनाको हकको लागि आम जनताले बजेट कहाँ र कसरी खर्च भइरहेको थाहा पाउनुपर्ने भएको भएपनि स्थानीय तहहरुले आफनो वेबसाईटमा समेत खर्च विवरण नराखेको पाइएको छ ।

Back to top