सहयोगी नेपालको आयोजनामा सिलाई कटाई तालिम उद्घाटन

115


वीरगंज,वैशाख २५ – प्रदेश सांसद जन्नत अंसारीले समाजलाई समृद्धीतर्फ डोरयाउन महिलालाई आफुले सिकेको शिपलाई व्यवसायको रुपमा अगाडी बढाउन आग्रह गर्नु भएको छ ।

वीरगंज महानगरपालीका वडा नम्बर १४ पिपरा टोलमा महिलाहरुको लागी आयोजीत सिलाइ, कटाइ तालिमको उदघाटन गर्दै प्रदेश सांसद अंसारीले महिलाहरुको विकासले मात्र मधेसी समाजको प्रगती सम्भव रहेको बताउनु भयो ।

महिलाहरुको सिपमुलक विकासको लागी आफुले सक्दो सहयोग गर्ने बताउदै प्रदेश सांसद अंसारीले महिलाहरुको बिकासबाट मात्र समाजको प्रगति हुने विश्वास व्यक्त गर्नु भयो । सांसद अंसारीले यस सिलाई कटाई तालीमले रोजगार मुखी बन्न महिलाहरुलाइ आर्थिक आर्जनको लागी उपयोगी हुने बताउनु भयो ।



अंसारीले तालीममा सहभागी भएर राम्रो सिलाई कटाई गर्न सक्ने महिलाहरुलाई व्यवसायीक रुपमा सिलाई कटाई गर्न चाहे सिलाइ मशिन समेत सहयोग स्वरुप प्रदान गर्ने आश्वासन समेत दिनु भयो ।

निर्वाचन क्षेत्र विकाश कार्यक्रम अन्तर्गत प्रदेश सांसद जन्नत अंसारीको संसदीय कोषको सहयोगमा सहयोगी नेपाल संस्थाले संचालन गरेको तालीममा वडा नम्बर १४ का २३ जना महिलालाई सिलाई कटाई ६० दिन सम्म तालिम प्रदान गरिने सहयोगी नेपालका अध्यक्ष तवरेज अहमदले जानकारी दिनु भयो ।

वडा अध्यक्ष भरत प्रसाद कुर्मीको अध्यक्षतामा सचांलन भएको तालिम उदघाटन कार्यक्रममा ईन्जिनीयर रविन्द्र देव,वडा सदस्य रफिक अंसारी, तवरेज अहमद र संसदीय प्रतिनीधी दाउद अंसारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here