×

वीरगन्ज १८ बैशाख । मानव सेवाको क्षेत्रमा विश्वजगतमा छुटै पहिचान बनाएका नेपाल रेडक्रस सोसाइटि पर्सामा अहिले चरम राजनीति, गुटबन्दी र परिवारवादले हालै सम्पन्न नेपाल रेडक्रस सोसाइटी पर्सा भित्र को आन्तरिक कलह रेडक्रस कर्मी, आजीवन सदस्य, सभासद लगायत सबै अहिले नया निर्वाचित पर्साको कार्यसमिति प्रति असन्तुष्टि व्यक्त गर्दैछ्न | नेपाल रेडक्रस सोसाइटी पर्सा भित्र २१ ओटा उपशाखा गरि १३१ जना मतदाता (सभासद ) छन् कसैलाई खबर नगरी आन्तरिक रुप मै सर्बसहमति पर्साको नया कार्यसमिति बिरेद्र राज कडेलको सभापतित्वमा १७ सदसिय कार्यसमिति प्रति असन्तुस्टी देखा पर्न थालेको छ | बिभिन्न सामाजिक संजालमा यसको टिकाटिप्पणी, बिरोध र राजिनामा समेत हुन थालेको रामनगरी उपशाखाबाट ब्रिजकिशोर पटेल जिल्ला कार्यसमितिबाट बिज्ञप्ति निकालेरै राजिनामा दिएका छन् | ब्लड डोनर्स एसोसियन पर्साका अध्यक्ष् सत्रुधन नेपालले आफ्नो निजि फेसबुक भित्तामा असंतुस्ठी ब्यक्त गरेका छन् | त्यस्तै आदर्शनगर उप शाखाका आजीवन सदस्य आशु सर्राफले आफ्नो निजि फेसबुक भित्तामा असन्तुस्टी जाहेर गरेका छन् | संघिय समाजबादी फोरमका जिल्ला उपाध्य्क्ष सुन्दर कुर्मीले पनि आफ्नो निजि फेसबुक भित्तामा लोकतान्त्रिक प्रक्रियाको खिल्ली उडायो नेपाल रेडक्रस सोसाइटी पर्साले रेडक्रसको बिस्वस्नियता माथी कुठराघात भने टिप्पणी गरेका छन् | आजीवन सदस्य तथा बिरगंज महानगरपालिकाका कार्यपालिका सदस्य सुशील साह कानु पनि आफ्नो फेसबुक भित्तामा लेखेका छन् नेपाल रेडक्रस सोसाइटीमा परिवारवाद उजागर भयो भने टिपन गरेका छन् | त्यस्तै अर्का नेकपाका बिधार्थी नेता मित्रदेव यादवले नैतिक रूपमा राजिनामा दिनु पर्ने टिप्पणी गरेका छन् |

Back to top