×

वीरगंज, १८ वैशाख । जिल्ला प्रशासन कार्यालय, पर्साबाट जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका ४४४ जना सन्तानले वंशजको नागरिकता अहिले सम्म प्राप्त गरिसकेका छन् ।

जिप्रका, पर्साका सहायक प्रजिअ नेत्रप्रसाद शर्माले सोमवार सम्म ४४४ जनाले नागरिकता प्राप्त गरिसकेको बताए । उनल जन्मको आधारमा वंशज नागरिकता लिनेहरूको भीड हालको दिनमा कही पातलिएको बताएका छन यस अघि निवेदन दर्ता गराउन जिल्ला प्रशासन कार्यालय, पर्सामा ठुलो भीड लागको थियो वंशजका नागरिकता लिनहरूको भीड बढे पछि सुपौलीमा रहेको इलाका प्रशासन कार्यालय एक साताका लागि बन्द गरे र त्यहाका कर्मचारीलाई समेत जिप्रका,पर्सामा परिचालित गरेको थियो सहायक प्रजिअ शर्माले बताए ।

यता जन्मका आधारमा नागरिकता लिएका आमाबुबाका सन्तानहरुले वंशजको नागरिकता प्राप्त गर्न निकै प्रमाण दिनु पर्ने भएको कारण जन्मका आधारमा नागरिकता लिएका भारतियहरुले प्रमाण दिन नसकेकोले अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा भिड कम भएको देखिएको हो ।

श्रोतका अनुसार भारतियहरुले लिएको जन्मका आधारमा नागरिकताका आमाबुबाका सन्तानहरुलाई वंशजको नागरिकता लिन नसकेकोले नागरिकता दिलाईदिने भन्दै केहि जिप्रकाका कर्मचारीका हनुमानहरु जिप्रका बाहिर मोलतोल गरिरहेको बुझिएको छ ।

Back to top