वीरगंज, १३ बैशाख । वीरगंजको नारायणी अस्पताल अहिले निक्कै चर्चाको बिषय बनेको छ । बिगत लामो समय देखि नारायणी उप–क्षेत्रिय अस्पतालको रुपमा वीरगंज लगायत बारा, रौतहट, जनकपुर र रक्सौल सम्म आफ्नो सेवा सुबिधा दिंदै आइरहेको थियो तर अहिले हालमा आएर मेसु एनामुल हकको चरम लापरवाही र गैरजिम्मेवार पनको कारण वीरगंजको धरोहर अहिले अस्त–व्यस्त भएको हो ।
राजनीति आवरणको धाक लगाउंदै विभिन्न शिर्षकमा भ्रष्टचारी गरेको र नेताहरुलाई खुसि पार्न बिना प्रतिस्पर्धा प्रदेश नं. २ का मुख्यमन्त्री, मन्त्री लगायत फोरम पर्साबाट निर्वाचित साँसदहरुको आसे पासे लाइ भर्ति गरेको प्रमाणहरु समेत फेला परेको छ ।सामाजिक संजाल लगायत पत्रपत्रिका मा समेत यसको लापरवाही र भ्रष्टचारीको पोल खुल्दै छ ।
अख्तियार अनुसन्धान आयोगले नारायणी अस्पतालमा छापा मारेको थियो । अख्तियारका देवकुमार राइ नेतृत्वको टोलीले मेसु एनामुलहक लगायत स्टोरका दामोदर अधिकारी प्रयोगशालाका हिराबाबु, सचिंदर यादव लगायतको बयान लिनुको साथै आवश्यक कागज समेत जफत गरेको छ । यसै बिचमा वीरगंजका विभिन्न राजनीतिक दलसंग आबद्ध बिधार्थी नेताहरु लगायत विभिन्न संघसंस्थाहरुको नेतृत्वमा पर्सा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई नारायणी अस्पतालको अनियमिता र भ्रष्टचारीको बिरोधमा ध्यानाकर्षण पत्र बुझाएको वीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाईले जानकारी गराउनु भयो ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले नारायणी अस्पतालको समस्या ठुलो छ सानो घाउ भएको भए मलम पट्टि लगाएर ठिक पारिन्थ्यो तर यो ठुलो घाउ हो यसको चिरफार गरेर ठिक पारिन्छ केहि राजनीतिक दलका नेताहरुको छत्रछायामा धाक लागउनेलाइ पनि जनताले ठिक पार्ने छ । तपाईहरुको ज्ञापनले अख्तियारलाई थप उर्जा मिलेको छ । केहिदिनमै सबै सत्यतथ्य बाहिर आउनेछ वहाँको भनाई रहेको थियो ।
कार्यक्रममा नारायणी अस्पताल बिकाश सहयोग अभियानका संयोजक ओम प्रकास सर्राफ, नेकपा युवा नेता प्रभाकर गुप्ता, नया शक्ति प्रदेश नम्बर २ को प्रबक्ता मोनिका सिंह, सानोपाइलाका अजितम पाण्डे, वीरगंज जेसिसका शेखर चौधरी, आस्था नेपालका अजित राइ, हेमन्त तामांग, अखिल क्रान्तिकारीका शिवम शाह, अखिलका रामकिशोर सिंह पराग, अनेमा संघ क्रान्तिकारीकी दुर्गा क्षेत्रि संचारकर्मी मनोज पटेल लगायतको उपस्थिती रहेको थियो ।