नारामै सीमित ‘समृद्ध नेपाल’-डी.जे. मैथिल

22

जुन हिसावले मधेशको राजनीति अगाडी बढ्नु पर्ने थियो, त्यो देखिएनन् । मधेशको माग सहितको अधिकारवादीहरूको धारणा विगतमा स्पष्ट रहेको भए तापनि आज आएर दिशाविहीन हुन पुगेको छ । अधिकारवादीहरू सत्ता लिप्सामा तृप्त भइ अधिकारको मागलाई अपव्याख्या गर्दै चोर बाटोतिर पस्न उन्मुख देखिएका छन् । यी कुराले मधेशीहरू चिन्तित मात्रै होइन कि निराश हुन पुगेका छन् । एकातिर भने गैरमधेशीहरू आफु तागतवर रहेको अनुभव गर्दै लामो साँस फेर्न पाएका छन् ।
‘सय मा पचास’ को नारा लिएर मधेशका राजनेता गजेन्द्र नारायण सिंहले सद्भावना परिषद् अर्थात नोपल सद्भावना पार्टी स्थापना गरी मधेशको माग सहितको बीऊ रोपेको इतिहास आफैमा सवल छ । पछि तिनै कुराहरूको परिमार्जन गर्दै उपेन्द्र यादव र महन्थ ठाकुरले चरणवद्ध आन्दोलन गरे । नेपाल सरकारसँग चरणवद्ध वार्ता पनि गरियो । छ–छ महिनासम्म आन्दोलन भयो । सयभन्दा बढी मधेशीहरूको सहादत भयो । सरकारले टाउको र छातीमा गोली ठोके । घरभित्र पसेर खाटमा सुतिरहेको अवस्थामा पनि प्रहरीले निर्ममतापूर्वक गैर आन्दोलनकारीलाई समेत गोली ठोके । आन्दोलनकारी र सरकार दुवैले सीमाभन्दा बाहिर रहेर समेत आ–आफ्नो गैरजिम्मेवारीपन प्रदर्शन गर्न पछि परेनन् । इतिहासमा यी कुरा दर्ज भइसकेको छ ।
अहिले मधेशको नेतृत्व गर्ने राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल, माओवादी सहितको नेपाल कम्युनिष्ट पार्टी सँगै सरकारमा छन् । सहादतको मूल्यमान्यता समेत बिर्सेर कता–कता दुवै मधेशी दलहरू दिशाविहीन भएका छन् कि मेरो बुझाइ छ । एक वर्ष बितिसकेको छ । वर्ष गाँठ पनि भर्खर यिनीहरूले मनाए । तर प्रदेश नं १ र ५ को कुरा परै जाओस प्रदेश नं २ मा परिवर्तन आखिर के भयो ? जनताको प्रश्न छ । कि पाँच विघा जमीनमा प्रदेश सरकारले कृषि कार्यमा सुधार भएको दावी गर्न पाऊला ? कि प्रदेश २ मै रहेका अस्पतालहरूमा परिवर्तन भएका छन् ? प्रदेश सरकारले अस्पताल, डाक्टर र औषधी व्यावसायीहरूको व्यवस्थापन गर्न सकेको तपाईले केही देख्नु भएको छ ? नेपाली नागरिकले के–के राम्रा सुविधाको अनुभूति पएका छन् त ?
परिवर्तन कतै देखिएको छैन । प्रदेश सरकारले के गर्दै छन् ? अस्पतालहरूमा दुर्गन्ध उस्तै छन् । डाक्टरहरू नीजि क्लिनिक मै बस्छन् । विरामीहरू लगायत सर्वसाधारण अस्पताल भित्र रोइ कराई बस्न बाध्य रहेको देखिएको आज पनि छ । हिजो जुन अवस्था थियो त्यो आज पनि यथावत नै छन् ।
प्रदेश अन्तर्गत रहेका विश्वविद्यालय तथा कलेजहरू छन् । सरकारी तथा नीजि विद्यालयहरू छन् । तर शिक्षकहरु कक्षा नलिने, हप्तामा एकै पटक पुगेर सबै हाजिरी गर्ने जुन रवैया थियो आज पनि उही छ । आज पनि कलेज वा विद्यालय विरान झै देखिएका छन् । तर वर्षमा हुने परिक्षामा हजारौँ विद्यार्थी र शिक्षकको मिलन हुदो रहेछ । विद्यार्थी भन्छन् शिक्षक छैन र शिक्षक भन्छन् विद्यार्थी आउँदैनन् । के जवाफ सही नै हो त ? आफ्नो जिम्मेवारी बाट पन्छीने दायीत्व वोध न हुने शिक्षक वा प्रशाषकलाई सरकारले के गरेका छन् ? प्रदेश सरकार र स्थानयि सरकार टुलुटुलु हेरेर बसेका छन् । संघीय आखिर किन ल्याइया ? जनताले सहादत किन दिए ? परिवर्तन तपाईले के देख्नु भयो ?
यी दुई वटा उदाहरण मात्र मैले व्यक्त गरेको छु । यस्तै अवस्था हरेक निकायमा देख्न पाइन्छ । नेपाली जनता कतै वाट संतुष्ट रहेको देखिन्न । हिन्दु राष्ट्र भनेर चिनिने नेपाल आज के न के लोभमा फसेर नेपाल धर्म निर्पेक्ष बनेको छ । हिन्दु धर्मवलम्वीहरू वाहुल्य रहदा रहदै यो देश धर्म विहीन बन्न पुगेको छ । सरकार नेतृत्व गर्ने दलहरूले यो निर्णय कसरी गरेको होलान् ? मान्छेको जीवनान धन र धर्म दुई टा पक्ष महत्वपूर्ण हुदो रहेछन् । धर्म साच्चौ नै वेचियो भने ‘धन’ सो वापत हुनु पर्दथ्यो । देश आजको दिन स्विट्जरलैण्ड जस्तै हुन्थ्यो होला । नेपाली जनता हरेक सँग सुविधासम्पन्न घर गाडी लगायत गास, वास र कपास हुने थियो । तर त्यो पनि नेपाली जनताले अनुभूती पाएनन् । आखिर पाए के त ? त्यसैले राष्ट्रको धन र धर्म दुवै गाभिसकेको अवस्था छ । पुर्खौ पुर्खा देखि हिन्दु संस्कृतिको छाहरीमा जीवन विताइसकेका नेपाली नागरिक आज निकै दुखी छन् । देश चलाउने नेतृत्व वर्ग जनताको भावनालाई कुल्चिदै अगाडी बढेको छन् । जनता चाहे मधेशको होस् या पहाडको सवैले मत दुरूपयोग भयो भनेर पछुताइरहेका यथार्थ छन् ।
देशमा ७७ जिल्ला छन् । ७५% पहाडी क्षेत्र छन् । तर जन आवादी नेपालमा मधेशी र पहाडीको हाराहारी वरावर नै रहेका छन् । अहिले ७ प्रदेश छन् । ६ प्रदेशमा मा के कस्तो छन्, के सुधार र परिवर्तन भएका छन् । त्यो पनि दृष्टि बाहिर छैनन । मैले प्रदेश नं २ कै कुरा प्रष्ठाउन चाहन्छु । आन्दोलनको चर्चित भूमि मधेश नै हो । पीडित बढी मधेशी ने हुन् । आफु मधेशी नै रहेको हुँदा अलिक चिन्ता मधेश प्रति बढी रहेको मेरो अनुभव छ । मैले अरूलाई दोष देखाउनु भन्दा प्रदेश नं २ का मन्त्रीहरू, सरकार के गरेर वसेका छन् ? ल, एउटा स्थानीय निकायको कुरा गरौ । जनकपुरधाम उपमहानगरपलिकामा रहेका अस्पताल, स्कुल, कलेज, यातायात, व्यवसाय, धर्म संख्याहरू व्यवस्थि गर्न सकियो त ? जवाफ आउँछ, कतै केही सुधार वा परिवर्तन भएको छैनन, दुर्भाग्यवस भन्ने पर्छ । नगरप्रमुख, वडाअध्यक्षहरू के गर्दै छन् ? आफ्नो निकाय अन्तर्गतका सार्वजनिक संस्था सुधार गर्न नसक्नु स्थानीय निकायकाृ असफलता भएन र ? तपाइको मत खेर गएनन र ? तपाईले के पाऊनु भयो ? हो, देशमा परिवर्तन भनेको एउटा पक्ष हो । यो दल बाट त्यो दल र त्यो दल बाट यो । लामो लामो टाइ र लामा लामा धोतीकुर्ता लगाउने नेताहरू रातारात परिवर्तन गर्ने गर्छन । राजनीतिक परिवर्तन गर्नेहरू यो देशमा पर्याप्त छन् । नेकपा माओवादी का मोहन वैध, नेमकिपाका नारायण मान, कांग्रेसका विमलेन्द्र नीधि बाहेक महन्त ठाकुर, राजेन्द्र राय, रामचन्द्र झा, मातृका यादव, हृदयेश त्रिपाठी लगायत दल र धार वदल्ने नेताहरू छन् । कोही अछुतो रहेनछन् । प्रचण्ड पनि दल बदल्ने नै नेता हुन् । म पनि एउटा सानै तपकाको नेता भए पनि दल बदल्ने मै गर्छु । दल नबदल्ने विरलै छन् । राजनिित सवल पार्न दल वदल्नु कुनै नराम्रो वा अपराध पनि होइन । सोही क्रममा भर्खरै मधेश गढवन्धन का नेता सी.के राउत आफ्नो धार परिवर्तन गर्ने भएका छ । राष्ट्रको मूल धारमा आएका हुन् । विगतका आफ्ना नौटङ्की छोडेर संविधानको पद्धतिलाई स्वीकार्ने पक्षमा उभिनु भएको छ । राउत माथी जनताको नीकै प्रश्न छन् । उनले जवाफ दिनैपर्छ ।
मैले मधेश र पहाडबीच विभेदको कुरा मात्र गरेको छैन । देशलाई समृद्ध बनाउने साच्चिकै सरकार उद्देश्य ओ भने दुई टा पक्ष तत्काल अवलम्वन गर्नु पर्ला । एउटा देशमा राजनीतिक दलहरूले उठाएका कुराहरूको संबोधन गरिनु पर्दछ । एक पटक दुई तिहाइ बहुमत ल्याउदैमा दम्भ गर्नु भन्दा पनि प्रतिपक्ष लगायत सबै दलहरूको कुरा सुनिनु पर्दछ । सबै दललाई उच्च सम्मान गरिनु पर्दछ । दोेस्रो कुरा सरकारले वर्ष भरिमा के के काम गर्नु पर्छ त्यसको लिस्ट तयार गरी, कुन काम सकियो, कुन बाँकी छ, कुन काम हुँदैछ, त्यसको स्पष्ट जवाफ जनतालाई दिइ रहनु पर्दछ । एक अर्कालाई विभेद गर्ने खालको कुरा बोल्नु हुँदैन । (मधेश दर्पण फिचर सेवा)