×

वीरगंज, बैसाख ४ - वीरगंजमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी गम्भीर घाइते भएका छन् ।

मंगलबार साँझ आएको हावाहुरीले गर्दा क्षतिग्रस्त विद्युतको लाइन मर्मत गर्ने क्रममा बाराको त्रिवेणी घर भएका विद्युत प्राधिकरणका हेल्पर ३५ बर्षका प्रेम दास तत्वा घाइते भएका हुन् ।

वीरगंज वडा नं. १४ बहुअरीमा हावाहुरीले चुडिएको तार मर्मत गर्ने क्रममा उनको हातमा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका तत्वाकने वीरगंज हेल्थ केयरमा उपचार सम्भव नभएपछि थप उपचारका लागी हेलिकोप्टरमार्फत काठमाडौं लगीएको छ । उनको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइहेको छ ।

Back to top