×

वीरगंज, बैसाख ४ - नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक–पटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरीलगायतका पत्रकारलाई रिहा गर्न मागसहित महासंघले आन्दोलन घोषणा गरेको जनाएको छ ।

‘पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फाअन्तर्गत पटक–पटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो’ महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

महासंघका अनुसार वैशाख ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखाहरुमा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिल गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बूझाउने कार्यक्रम रहेका छन् । अन्य कार्यक्रम तय गर्न महासंघले बिहीबारै केन्द्रीय समिति बैठक बोलाएको छ ।

Back to top