नरायणी अस्पतालका भ्रष्टाचारी मेसु डा.एनामुल हकलाई विद्यार्थीद्वारा कारवाहीको माग

384
Share
  • 531
  •  
  •  
    531
    Shares

वीरगंज, बैसाख ४ – राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय विद्यार्थी संघ पर्साले वीरगंजस्थित नारायण अस्पतालमा भईरहेको भ्रष्टाचार र अनियमितता बारे अनुसन्धान गरि कारवाही गर्न माग गरेको छ ।
संघले बुधबार जिल्ला प्रसाशन कार्यालय पर्सा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै नारयाणी अस्पतालमा बढेको भ्रष्टाचार र अनियमितता बारे पारदर्शी तरिकाले अनुसन्धान गरि दोषीलाई कारवाही गर्न मागे गरेको हो ।
संघका जिल्ला अध्यक्ष मधुसुदन चौरसिया र पार्टीका महासचिव राजेश मान सिंह , जिल्ला अध्यक्ष प्रेम बाबू पटेल, सचिव उमेश लाल सहनीलगयात नेताहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।
ज्ञापन पत्र मार्फत अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकलाई कारवाही गर्न माग गरिएको छ । पच्छिलो दिनमा विभिन्न संचार माध्यममा अस्पतालका मेसु हक र अन्य कर्मचारीको मिलो मतोमा चुलिएको भ्रष्ट्राचारलाई रोक्न र दोषीलाई कडा कारवाही गर्न ज्ञापन पत्र मार्फत माग गरिएको संघका अध्यक्ष चौरसियाले बताए ।
यता नरायणी उव क्षेत्रिय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले आज पत्रकार सम्मेलन गरि आफु भ्रष्टाचार नगरेको दाबि गरेका छन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here