दिल्ली पब्लिक स्कुल बसका चालकको गल्तीले वीरगन्जमा लियो एक महिलाको ज्यान

100
Share
  • 23
  •  
  •  
    23
    Shares

वीरगंज, बैसाख ४ – वीरगंजमा बुधबार बिहान स्कुल बसले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी गुञ्जन चौरसियाको मुत्यु भएको हो ।

दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अलौं माध्यमिक विद्यालयमा पढाउने उनी चढेको ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टेपछि स्कुल बसले चौरसियालाई किचेको थियो ।

बसको पछाडिको भागले किचेर गम्भीर घाइते उनको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

मोटरसाइकल चालक गुञ्जनको छोरा साहिल चौरसिया भने सकुशल छन् । माइस्थानबाट घण्टाघर आउँदै गरेको मोटरसाइकल माइस्थान चोक नजिकै अनियन्त्रित हुँदा मोटरसाइकलको पछाडि बसेकी चौरसिया खसेर विपरीत दिशाबाट जाँदै गरेको बसको पछाडिको चक्कामा परेकी थिइन् ।

चालकको गलतीले गुञ्जन चौरसियाको मुत्यु भएका घटना स्थलमा रहेका प्रतेक्षर्दशीले बताएका छन ।

यता घटना ढाकछोप गर्न र मृत्कका परिवारलाई मनाउन र प्रहरी प्रशासनलाई मिलाउन दिल्ली पब्लिक स्कुलका शिक्षकले मोटो रकम लिएर धाएको बुझिएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here