×

वीरगन्ज ३ बैशाख । बाराको जितपु सिमरा उपमहानगरपालिका ५ स्थित अशोक स्टिल उधोगको प्रदुषणले स्थानीय रोगी बन्न थालेका छन् । प्रदुषणले आजित बनेका स्थानीयले तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

प्रदेशन नियन्त्रण गर्न वैशाख ५ गतेसम्मका लागि स्थानीयले उधोगलाई अल्टिमेटम दिएको हो । ४ गतेसम्म उधोगले प्रदुषण नियन्त्रण गर्ने उचित प्रबन्ध नमिलाए तालाबन्दी गर्ने स्थानीय राजु थापाले जानकारी दिए । उनले मधेस लाइभसँग भने, ‘उधोगको प्रदुषणले यहाँ विरामी पर्नेहरुको संख्या ह्वात्तै बढेको छ । बाध्य भएर उधोगले प्रदुषण रोक्न भनेका छौं । नमाने ताला लगाएर आन्दोलन गर्छौ ।’

उद्योग प्रशासन र स्थानीयबीच भएको मोखिक बार्तामा उद्योग पक्षले ५ गतेसम्ममा प्रदुषण नियन्त्रण गर्ने उपकरणहरु जडान गर्ने सहमती भएको छ । तर सहमती अनुसार प्रदुषण नियन्त्रण हुनेमा स्थानीय विश्वस्त छैन । उधोगले पटक पटक आश्वासन दिएपनि प्रदुषण नियन्त्रण नगरेका कारण विश्वास नलागेको स्थानीय बताउँछन् ।

उद्योगको धुवाँधुलो र केमिकलयुक्त प्रदुषणले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या, जीउ चिलाउने, मुटु समबन्धि समस्या देखा पर्न थालेको स्थानीयको भनाई छ । धुवाधुलोले लत्ताकपडा र घरको छाना समेत कालो भइरहेको छ । जताततै धुलो आतंक छ । धुलोका कारण खाना समेत घरमा खान समस्या हुन्छ ।

उधोगले पालना गर्नुपर्ने न्युनतम ऐन, कानुनहरु पनि पालना नगरेको स्थानीयको आरोप छ । उधोग कानूनको खिल्ली उडाएको छ । तर सम्बन्धित निकाय उधोगलाई कारबाही गर्ने हिम्मत गरेका छैन । बारम्बार पड्की रहने मेन्टी प्लान्ट राजमार्गबाट सय मिटरको दुरी भित्रमा बनाउन नहुने कानुन हुँदा हुदै उद्योगले दादागिरी शैलीमा ५० मिटरकै दुरीमा पर्ने ठाउँमा बनाएको छ ।

Back to top