×

वीरगन्ज २ बैशाख । संघिय समाजवादी फोरम नेपाल पर्साकोे अध्यक्षमा प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादव चौथो पटक अत्याधिक मतले निर्वा्चित हुनु भएको छ ।

वीरगंजको मुर्र्लीमा रहेको वीरगंज पार्टी प्यालेसमा आयोजीत प्रथम जिल्ला समन्वय समिती गठन कार्यक्रममा सर्वसहमत रुपमा सहमती हुन नसकेपछि चुनावी प्रक्रियाबाट भएको मतदान बाट पुन पर्सा जिल्लाको अध्यक्षमा सांसद यादव अत्याधिक मतले निर्वाचीत भएका हुन । संघिय समाजवादी फोरम नेपालको पर्सा जिल्ला अध्यक्ष पदका लागी भएको निर्वाचनमा सांसद प्रदिप यादव र प्रदेश सांसद अब्दुल रहिम अंसारी वीच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष पदका लागी भएको मतदानमा सांसद प्रदिप यादवले अत्याधिक ४० मत ल्याएर बीजयी भएका छन भने उनका प्रतिद्धन्दी अंसारीले ४ मत ल्याएर चित्त बुझाएका थिए ।

कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी,सिंहासन कलवार,जन्नत अंसारी,करिमा बेगम,भिमा यादव,वीरगंज महानगरपालीकाका मेयर विजय कुमार सरावगी,केन्द्रिय सदस्य शशिकपुर मिया,सिपु तिवारी,लक्ष्मीकान्त तिवारी,विरेन्द्र यादव,जनार्दन यादव,फिरोज मंसुर,मिनी सिंह,शिवजी सोनी,नवल किशोर यादव,विजय यादव,विन्दवासीनी गाउपालीका अध्यक्ष श्रीलालसाह मोदी,पकाहामैनपुर गाउपालीका अध्यक्ष विजय चौरसीया,सखुवाप्रसौनी गाउपालीका अध्यक्ष प्रदिप जैशवाल,पोखरीया नगरपालीकाकी उप मेयर सलमा खातुन,पकाहामैनपुर गाउपालीकाकी उपमेयर कुसुमी देवी लगाएतको उपस्थित रहेको थियो ।

Back to top