लुट कान्छा लुट शैलीमा काम गर्दै, सशस्त्र प्रहरीका डिएसपी तिलक खडका र सई प्रकाश ठकुरी

190

वीरगंज २ बैशाख । वीरगंज भन्सारमा खटेका सशस्त्र राजश्व गस्तीका प्रमुख तिलक खडका निवर्तमान सशस्त्र प्रहरीका एआइजी जिवन थापाको ज्वाइँ भएको कारणले गर्दा वर्तमान सशस्त्र प्रहरीको नेतृत्वले उनलाई पैसा कमाउन छुट दिएको हल्ला चल्न थालेको छ । पर्सा जिल्लाको प्रायः सबै नाका अहिले तस्करहरुको लागि खोलिएको छ ।
वीरगंज भन्सारबाट सोझै साइकल, ईरिक्सा र टांगाबाट आउने जाने ककलाइन’ प्रदान गरिएको छ । दिनहु साइकल, ईरिक्सा र टांगा गनेर पैसा उठाउने जिम्मा सशस्त्रका सई प्रकाश ठकुरीलाई दिइएको छ । भकुवा, बजार छपकैया, बलिरामपुर, इनर्वा आदिबाट राती दिइएको लाइनको पैसा पनि ठकुरीले नै उठाएर सोझै खडकालाई बुझाउने गरेका छन् । पर्सा जिल्लाको भिस्वा, जानकीटोला, अमरपट्टी, ठोरी लगायतका नाकाहरुबाट बालुवा गिट्टी, केराऊ आदिको तस्करी ठुलो परिमाणमा हुने गरेको छ ।बारा जिल्लाबाट पनि व्यापक तस्करीको लाइन खोलिएको समाचारहरु प्राप्त भएका छन् । डिएसपी तिलक खडका दिनहु पशुपति शर्माले गाएको गीत ककलुट कान्छा लुट’ सुनेर प्रभावित भई पुनः पर्सामा आइन्छ कि आइदैन भनेर दुवै हातले पैसा सोहरिरहेका छन् ।
खडकाको गतिविधि हेर्दा उनले असुल गरेको पैसा माथिल्लो तहमा पनि जाने गरेको जस्तो देखिन्छ । होइन भने त्यत्रो पोके महिलामाथि सशस्त्र प्रहरीले ज्यादती गरेको तस्बिर सामाजिक संजालमा भाइरल बन्दा पनि प्रदेश सरकार र संघीय सरकारका मन्त्रीहरुले आलोचना गर्दागर्दैको अवस्थामा पनि हालसम्म डिएसपी खडका वीरगंज भन्सारमा कब्जा गरेर बस्नुको पछाडी सशस्त्र प्रहरीको वर्तमान नेतृत्व पनि इमान्दार नभएको गुनासो गरिदैछ ।