×

सन्जय सहनी बैशाख २रौतहट । रौतहटमा सोमबार बस र मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको ज्यान जानुको साथै एक जना घम्भिर घाइते भएका छन ।गौर–चन्द्रनिगाहपुर बिरेन्द्र राजमार्ग अन्तर्गत हर्साहा चौकमा बस र मोटरसाइकल आपसमा ठोकिँदा गरुडाबैरियाका २५ वर्षीय किसन साहको मुत्यु भएको हो। दुर्घटनामा उनकी श्रीमती २२ वर्षीया आरती साह गम्भीर घाइते भएको प्रहरी जनाएको छ । चन्द्रनिगाहपुरबाट जाँदै गरेको ना४ख ६१११ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना४६प ९६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका साह र उनका श्रीमतीको उपचारको लागि चन्द्रपुरस्थित निजी अस्पतालमा लगिएको थियो। उपचारको क्रममा किसनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रमुख डीएसपी नवीन कार्कीले बताएका छन ।

Back to top