×

वीरगन्ज १ बैशाख । विगत तीन वर्ष देखि सार्वजनिक रूपमा नव वर्ष मनाउने परम्परा लाई कायम राख्दै ग्रीन सिटीले यस वर्ष पनि ग्रीन सिटी फुड फेस्टिवलको आयोजना गरि मनाएको छ । शनिबार वीरगन्जमा साझँ ५ बजे देखि आयोजना गरिएको सो फुड फेस्टिवल मनाईएको थियो । फुड फेस्टिवललाई गत वर्षको तुलनामा आकर्षक बनाउने उद्देश्यले आदर्श नगरलाई झिली मिली बत्ती, साज सज्जा र ठाउँ ठाउँमा सेल्फी स्टयांड, टिक टोक भिडियो, घुड़सवारी, विभिन्न प्रकारका परिकार, सांस्कृतिक प्रस्तुति हरुको व्यवस्था मिलाइएको जानकारी ग्रीन सिटी सचिव र फुड फेस्टिवलका संयोजक समेत रहनु भएका मुरली जालानले यात्रा डेली डट कम लाई गराउनु भयो । आगन्तुकहरुको सहजताका लागि फुड फेस्टिवलमा प्रवेश भने निशुल्क राखिएको र परिकार र घुडसवारीका लागि ठाउँ ठाउँमा कुपन बिक्रीका लागि स्टलको व्यवस्था मिलाइएको जानकारी ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले दिनु भयो । हाम्रा युवाहरु पश्चिमी सभ्यता तर्फ आकर्षित भई रहेको अवस्थामा नेपाली गौरव शाली परम्परा र संस्कृतिको संवर्धन प्रवर्द्धनका साथ साथै विभिन्न समुदाय,भाषा र जातिका व्यक्ति हरुलाई एक साथ एक ठाउँ रमाइलो गर्न पाउन,रमाइलो गर्नका लागि बाहिर जानु पर्ने वाध्यता को अन्त्य होस् र आपसी भाइचारा अझ प्रगाढ होस् र हामी सब भन्दा पहिला नेपाली हो भनी भावना विकसित गर्ने उद्देश्यले हामी यस फुड फेस्टिवल को आयोजना गर्न लागिएका छौं भने ग्रीन सिटी प्रवक्ता मुकेश खेतानले जानकारी गराउनु भयो।नगरवासी हरु लाई नव वर्षको शुभकामना दिंदै फुड फेस्टिवल विरगंजको आदर्श नगरमा हुने र सभ्य, सुरक्षित र पारिवारिक वातावरण मिलाइएको हुनाले सम्पुर्ण नगर वासीहरुलाई यसमा रमाइलो गर्न आउनका लागि पनि उहाँले आमन्त्रित गर्नु भयो ।

Back to top