×

वीरगन्ज १ बैशाख । वीरगञ्जमा रहेको एक सहकारी बैंकका सञ्चालकले सर्वसाधारणहरुको करोडौ रकम लिएर सम्पर्क्विहीन भएका छन्।

वीरगञ्ज महानगरपालिकाको लिंक रोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी सस्थाका सञ्चालकले बैंकमा ताल्चा लगाएर सबै साधारणहरुको करोडौ रकम लिएर फरार भएका हुन।

उक्त सहकारी संस्थाका सञ्चालक समितिमा रहेका १४ जना व्यक्ति नै रकम लिएर सम्पर्क्विहीन भएको स्थानीयहरुले बताएका छन्। उनीहरुले संस्थाका अध्यक्ष राजेशकुमार पटेललाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्क्विहीन भएको छ। उनको मोबाइल नम्बर ९८२४२६७४०९ मा फोन गर्दा स्विच अफ रहेको छ।

सञ्चालक समितिका अध्यक्ष पटेलसँगै समितिकी कोषाध्यक्ष तथा उनकी श्रीमती रिना पोखरेल पनि सम्पर्क्विहीन भएकी छिन्। सहकारीका सञ्चालक समितिका अध्यक्ष र कोषाध्यक्ष नै सम्पर्क्बिहीन भएपछि अहिले उक्त सहकारीको खाताको दैनिक रकम उठाउने एजेन्टहरु पनि आ(आफनो मोबाईल स्वीच अफ गरेर सम्पर्क बिहीन भएको सेवाग्राहीहरुको भनाई छ।

बितेको एक हप्तादेखि बैंकमा जम्मा गरेको रकम माग गर्दा आज(भोलि भनेर टार्दै आएको र अहिले आफूले बचत गरेको रकम नै लिएर बैंक सञ्चालक फरार भएको बैंकमा खाता खोलेर रकम जम्मा गरेकी बिरगञ्ज इनरवाकी रिता देवीले बताइन्। ‘मैलै ३ र ४ महिना अघिदेखि खाता खोलेर ४० हजार रकम जम्मा गरेकी थिए। रिताले भनिन,‘समय पुगेर खातामा भएको रकम माग्दा बितेको एक हप्तादेखि टार्दै आएकोमा अहिले बैंकवाला नै फरार भए।’

उनले बैंकका सञ्चालकलाई यथाशिघ्र पक्राउ गरि आफुले जम्मा गरेको रकम दिलाई दिन स्थानीय प्रशासनसित माँग गरिन ।‘दुख गरेर कमाएको रकम सुरक्षित हुन्छ भनेर बिशवासका साथ जम्मा गर्छौ, रिताले भनिन्,‘जब पैसा बढी भई हाल्यो त्यो बेला अहिले बैंक सञ्चालक नै पैसा लिएर फरार भयो।’

बैंकका सञ्चालक फरार भएपछि आफूले मिहेनत गरेर बैंकमा जम्मा गरेको २ लाख रुपैया पाउने की नपाउने भन्ने चिन्ताले सताएको बैंकमा रकम जम्मा गरेका अर्का सेवाग्राही अमरपाल चौधरीले बताए। यस्तै प्राइम बैंक तथा ऋण सहकारी संस्थामा आफ्नो जमिन दृष्टिबन्धक राखेर ऋणको लागि आवेदन दिएकोमा बीचमै सहकारी सञ्चालक फरार भएकाले आफू पीडामा परेको बिरगञ्ज राधेमाई टोलकी रिना देबी मिश्राले बताइन्।

सहकारी संस्थाको सञ्चालक रकम लिएर फरार भएको सूचना आएपछि सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित लगायतले बिहीबार बैंकको कार्यालय पुग्दा बैंकको ढोकामा ताल्चा लगाइएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘बैंकमा जादा बैंकको ढोकामा ताल्चा लगाइएको भेटियो, शर्माले भने,‘सञ्चालकहरु अहिले सम्पर्क बिहीन छन।

’सहकारीको रकम लिएर फरार भएका सञ्चालकलाई तत्काल खोजेर उपस्थित गराएर कानुक बमोजिम सेवाग्राहीहरुको रकम फिर्ता गराइने शर्माले जानकारी दिए।प्राईम बचत तथा ऋण सहकारी सँस्था १४ बर्ष अघि २०६६ साल बैशाख २ गतेदेखि सञ्चालनमा आएको थियो।

Back to top