सर्लाहीमा बस दुर्घटना, ३ को मृत्यु

411
Share
  • 514
  •  
  •  
    514
    Shares

वीरगंज, वैशाख १ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बगवानीमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । काठमाडोंबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८ नम्वरको बस पल्टिएको हो। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको बताइएको छ ।

दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि विराटनगर लगिएको छ। बाँकीको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here