नयाँ वर्षमा नयाँ सोच, नयाँ सुरुआत- ओमप्रकाश खनाल

17
Share
  • 31
  •  
  •  
    31
    Shares
भित्ताबाट पात्रो फेरियो । समय बितेको पत्तै हुँदैन, पात्रोसँगै धेरै कुरा बदलिए । वार्षिक तिथिमितिको पात्रोजस्तै नेपाली राजनीतिको पात्रो फेरिने गति पनि निकै तीव्र छ । सानै समयान्तरमा यहाँ ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएका छन् । सम्भवतः राजनीतिक व्यवस्था परिवर्तनको यो गति विश्व राजनीतिकै उच्च हो । २००७ सालको राजनीतिक परिवर्तनयता औसत एक दशकमा राजनीतिक व्यवस्थामा उतारचढावका दृष्टान्त देख्न पाइन्छ । राजनीतिक यति तीव्र गतिमा परिवर्तन भएर पनि अर्थसामाजिक जीवनमा ताŒिवक फेरबदल भने देख्न पाइएको छैन । समय फेरियो, राजनीतिक व्यवस्था बदलियो । तर राज्य सञ्चालकहरूको प्रवृत्ति उस्तै रह्यो । राणा गए, राजा फालिए । आपूmलाई राजाभन्दा माथि ठान्ने शासकीय मनोविज्ञानको कहर जनताले खेपिराखेकै छ ।
सङ्घीय गणतन्त्रलाई विकासको समतामूलक वितरणको अवसरको रूपमा अथ्र्याइयो । शासकीय शैली हेर्दा अवसर जनताको जीवनस्तरमा होइन, नेतृत्वको पोल्टामा सीमित भएको भान जोकोहीलाई हुन सक्छ । १० वर्षसम्म माओवादी हिंसात्मक द्वन्द्वलाई देखाइयो । त्यतिजसो समय सङ्क्रमण निकासका नाममा पर्खाइयो । राजनीतिक सङ्क्रमणले निकास त पायो, तर देश आर्थिक सङ्क्रमणको नयाँ परिबन्दमा जेलिएको छ । सीमित स्रोत र साधन शासकको सुविधाभोगको जोरजाममा रित्तिइराखेको अवस्था छ । जनता करको भारीले थिचिएको छ ।
हरेकजसो राजनीतिक परिवर्तनपछि समृद्धिको आश्वासन बाँड्न छोडिएन, सपना देखाइयो । तर ती कहिल्यै पूरा भएनन् । स्रोत र साधनको वैज्ञानिक व्यवस्थापनसँग जोडिएको राज्यको पुनर्संरचनालाई जातीयतामा मुछ्ने काम फरक आवरणमा अहिले पनि भइराखेकै छ । आर्थिक मुद्दाका असफलतासँगै राजनीतिक अव्यवस्था पनि गाँसिएर आउँछ । जनताले समान आर्थिक अवसरको प्रत्याभूति नपाउनु नै सामाजिक र राजनीतिक द्वन्द्वको कडी पनि हो । दलहरूले आर्थिक अग्रगतिका सवाललाई जोडतोडले उठाउँछन्, तर चुनावताका मात्र । वाम गठबन्धनले अघिल्लो चुनावमा विकासका लामै फेहरिस्त पेश गरेको थियो । त्यही राजनीतिले अहिले सत्ता हाँकिराखेको छ । सरकारले ल्याएको विकासको २५ वर्षे रोडम्याप र विगत घोषणाको अन्तर मात्र पनि यसको भेउ पाउन पर्याप्त हुन सक्छ ।
दुई दशकको उतारचढावपूर्ण राजनीतिक असहजताको निरूपणसँगै आर्थिक समृद्धिको बाटो निर्दिष्ट होओस् भन्ने सबैको चाहना थियो । जनतामा यतिबेला आर्थिक समृद्धिको उत्कट अभिलाषा देखिएको छ । नेतृत्व समृद्धिको सपनामा अस्वाभाविक अग्रगामी तर आधार निर्माणका सवालमा पश्चगमनतिर फर्किएको प्रतीत हुन्छ । महŒवाकाङ्क्षाले विकासको उचाइमा पुग्न मदत त गर्दछ, तर आधारबिनाको महŒवाकाङ्क्षा निदाएको बेला देखिएको सपनाबाहेक अन्य साबित हुन सक्दैन । खुला आँखाले देखिएको सपनाको रूपान्तरणको आधार निर्माणले मात्र लक्ष्यलाई नजीक ल्याउँछ । समृद्धिको आधारविहीन उडानमा दुर्घटनाको जोखिम बढी रहन्छ । दुर्घटनाले कसलाई कहाँ पु¥याउँछ, कसको हबिगत के हुन्छ यसै अनुमान गर्न सकिन्न ।
आर्थिक गतिविधिलाई निर्बाध गति प्रदान गर्न सबैभन्दा पहिला अर्थराजनीति संशयलाई किनारा लगाउनु अपरिहार्य हुन्छ । सरकार विकासको वातावरण बनिराखेको दाबी कस्दछ । योजना आयोगले अबको ५ वर्ष औसत १० प्रतिशतको आर्थिक अभिवृद्धिको लक्ष्यसहितको पञ्चवर्षीय योजनाको आधार तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लक्ष्यमा राखिएको आर्थिक समृद्धिका निम्ति वर्षको १० प्रतिशतको वृद्धि पनि अपर्याप्त हुने बताउँछन् । यो महŒवाकाङ्क्षी अभिवृद्धिको आधार खोई ? सरकारसँग भरपर्दो योजना छैन ।
सरकार आन्तरिक र बाह्य लगानी ल्याएर लक्षित विकास हात पार्ने योजना सुनाउँछ । प्रधानमन्त्री स्वयम्ले लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । ढुक्क भएर लगानी ल्याउन सरकारको आग्रह सुनिन्छ । सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका अभिव्यक्तिले निजी क्षेत्रको आशङ्कालाई मलजल गरिराखेको छ । सरकार निजी क्षेत्रलाई समाजवादको लक्ष्यमा पुग्ने साधनको रूपमा प्रयोग गर्न चाहिरहेको आशङ्का स्वाभाविक छ । संविधानको प्रस्तावनादेखि नेताका बोलीबाट यो बलियो बन्दै गएको छ । सरकारले सुधारको दाबी गरेर ल्याएका कानूनहरूमा लगानीकर्ताको असन्तोष छ । सरकारले ऐन कानूनहरूलाई लगानीकर्ताको दृष्टिकोणबाट नभएर आप्mनो बुझाईबाट मात्र लिने गरेको छ । निजी क्षेत्रसँग सरोकार राख्ने करीब २ दर्जन कानूनमा लगानीकर्ताले सुधारको आवश्यकता औंल्याएको छ । यस्तो अन्योलमा कुनै पनि लगानीकर्ताले लगानी ल्याउँदैन । संशयको सघनताको चापमा विकासको लक्ष्य भेट्टाउनु असम्भव हुनेछ । अवरोध समाधानका उपाय पहिल्याए मात्रै सहज हुन सक्छ ।
एउटै समयको हाराहारीमा आर्थिक विकासमा अघि बढेका छिमेकी देश चीन र भारत अबको १ दशकमा विश्वकै क्रमशः पहिलो र दोस्रो अर्थतन्त्र बन्ने होडमा दौडिइराखेका छन् । निकट छिमेकीहरू आर्थिक अभिवृद्धिका रणनीतिक उपायमा केन्द्रित छन् । हाम्रो नेतृत्व भने सपनाको समृद्धि र कटाक्षमा मिल्ने आत्मरतिमा खुशी खोतलेर समय बर्बाद गरिराखेको छ । यो पाराले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा कसरी सार्थक होला ? यो अभैm पनि चासो र चिन्ताको विषय बन्न सकेको छैन । नेतृत्वको बोली र व्यवहारको उचित तरीकाले परख गर्ने परिपाटी बस्न सकेको छैन । सीमित स्वार्थका लागि देश र जनतालाई असीमित गुमराहमा राख्ने परिपाटी सत्तासञ्चालकमा नयाँ आवरणमा अवतरण भइराखेको
छ ।
भारत र चीनको लोभलाग्दो आर्थिक समृद्धि हाम्रो लागि पाठ हुन सक्यो भने पनि अबको बाटो सहज हुन सक्छ । स्रोत, साधान र सम्भावनाहरूको सदुपयोगमा दूरदृष्टि नहुनुको परिणाम हामी भर्खरै आर्थिक विकासको सपनामैं सीमित छौं । रूपान्तरणको प्रतिबद्धता र आर्थिक कूटनीति प्रभावकारी नहुँदा दोहोरो अङ्कको स्वप्निल तानाबाना बुन्न मात्र विवश छौं/भइरहनेछौं । नेतृत्वमा स्पष्ट दृष्टिकोणको अभाव छ । यसबाट विकासप्रतिको आमअपेक्षामा तुषारापात भइराखेको छ ।
हामीले छिमेकीको आर्थिक विकासको गति र उनीहरूको रुचिलाई सन्तुलित ढङ्गबाट आप्mनो हितमा रूपान्तरण गरिदिने हो भने मात्र पनि विकासमा छलाङ मार्न सक्छौं । हाम्रो कूटनीतिमा त्यो तत्परता र चातुर्यको सर्वथा अभाव छ । आज चीनलाई विश्वको बजार चाहिएको छ । उसले विभिन्न योजनामार्पmत् लगानीलाई विस्तार गरिराखेको छ । भारत चीनको प्रतिस्पर्धी बनेर अघि बढिराखेको छ । भारत र चीन दुवै नेपालको भूमि आप्mनो हितविपरीतका योजनामा उपयोग हुन नपाओस् मात्र भन्दैनन्, सधंै सशङ्कित रहन्छन् । हामी छिमेकीलाई यति सामान्य कुरामा पनि आश्वस्त तुल्याउने ल्याकत राख्दैनौं । उनीहरूबाटै सहयोगको व्यग्रता राख्दछौं । यतिले नपुगेर उहिल्यै खुइलिइसकेको एकार्कालाई देखाएर घुक्र्याउने काइते कूटनीति अपनाउँछौं । छिमेकीको चासोलाई सन्तुलित ढङ्गबाट आप्mनो स्वार्थमा रूपान्तरण गर्न सक्ने परिपक्व कूटनीति हामीकहाँ प्रकट भइराखेको छैन । देशका कार्यकारी प्रमुख छिमेकी देश पुगेर आपूmले कूटनीति नजानेको भन्दै लाचारी प्रकट गर्नुलाई महान् उपलब्धि ठान्छन् ।
अब नेपालको स्रोतमाथि उनीहरूको स्वार्थ छ भन्ने सोचाइ एकादेशको कथा भइसक्यो । समय र प्रविधिलाई उपयोग गरेर उनीहरू धेरै अगाडि पुगिसकेका छन् । हामी भने पुरातन तन्द्राबाट
ब्यूँझिन चाहँदैनौं । भारतबाटै ल्याएको बिजुलीको उज्यालो उपभोग गरेर भारतलाई बिजुली बेचेर खनखन
पैसा तान्ने तानबाना बुन्नुमैं आत्मरति खोज्दैछौं । अफ्रिकाको सुन र हीरा खानीमा आँखा गाडेको चीन अब नेपालको हिमालयमा अल्मलिने अवस्था छैन । समृद्धिको उद्देश्यमा पुग्न योजना र सहकार्यका आयामहरूलाई समयसापेक्ष पुनर्संरचना गर्नुपर्ने हो, त्यही चाहिं
हुन सकेको छैन । वर्ष २०७६ ले अर्थसामाजिक र राजनीतिको पुरातन प्रवृत्तिमा परिवर्तन ल्याएर विकास,
समृद्धि र सद्भावको मार्ग प्रशस्त गर्न सकोस् । नयाँ वर्षको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here