×

वीरगन्ज २६ चैत । जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता नदिन सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले वैठक बसी विज्ञप्ती निकाली विरोध जनाएको छ ।

तर मधेसी जनअधिकार फोरम नेपालका विभिन्न जिल्लाका कार्यकर्ताहरु नागरिकता नदिन सर्वोच्च अदालतले दिएको आदेशप्रति विरोध जनाए पनि फोरमका कुनै केन्द्रिय नेताहरु ना कुनै बैठक बसेको छ ना कुनै विरोधको विज्ञप्ती नै जारि गरिएको छ हाल सम्म फोरमले नागरिकता नदिन सर्वोच्च अदालतले दिएको आदेशप्रति कुनै विरोध गरेका छैनन ।

यत प्रदेश सरकारका मुख्य मन्त्रि लालबाबु राउतले पनि नागरिकता नदिन सर्वोच्च अदालतले दिएको आदेशप्रति कुनै विरोध जनाएका छैनन ।

यसअघि सर्वोच्चकै निर्णयअनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरेर वंशजको नागरिकता दिन भनेको थियो । गृहको परिपत्रसँगै धमाधम जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन थालेका थिए ।

गृहको परिपत्रको विरोधमा सर्वोच्चमा फेरि रिट पर्दा सर्वोच्चले अहिले गृहको परिपत्र लागु नगर्न भन्दै आदेश जारी गरेपछि वितरण कार्य फेरि रोकिएको छ ।

राजपाको अध्यक्ष मण्डलको बैठकले लाखौँ नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्यविहीन अवस्थामा पुर्याउने गरी सर्वोच्चको आदेश आएको भन्दै दुःख वयक्त गरेको छ ।

Back to top