×

वीरगन्ज २६ चैत । त्रिवेणी घरानाअन्तर्गत सञ्चालित वीरगंज–पथलैया औद्योगिक करिडोरको छातापिपरामा रहेको त्रिवेणी स्पिनिङ्ग धागो उद्योगमा आगलागी हुँदा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा परी धागो उद्योगको कच्चा पदार्थ जलेर नष्ट भएको छ भने मेसिनहरुमा क्षति पुगेको छ।

आइतबार राती साढे १० बजे विद्युत शर्ट भएर शुरु भएको आगो सोमबार बिहान २ बजे जितपुर सिमरा, वीरगंज, कलैया र पोखरियाबाट गएको वारुणयन्त्र तथा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

आगलागीबाट करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको ईलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर सुवास हमालले बताए। उद्योगका प्रबन्धक राजेन्द्र नाथले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ।

Back to top