×

वीरगंज २१ चैत्र । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादबले बार र पर्सा जिल्लामा आएको हावा हुरीका कारण मृत्यु भएकाहरुलाई उचित क्षतीपूर्ति दिने काममा सरकारका सबै निकायले लागि परेको धारणा राख्नुभएको छ । नेपाल पत्रकार महासंघको सभाहलामा आयोजित पत्रकार सम्मेलमा उहाँले नेकपाका नेता पुष्प कमल दाहाल प्रचण्डले मृतकका परिबारलाई दिने भनि गनुैभएको पाँच लाख रुपैंयाँ दिने कुरामा कहीँ पनि आशंका नभएको समेत बताउनुभयो । मन्त्री यादबले राहात बिवतरणलाई व्यास्थित गर्नको लागि राज्यका सबै निकाय लागेकाले क्रमश वास्तबिक पीडित परिवारले राहात पाउँदै जाने र अव कहीँ कतै पनि गुनासा नआउने गरि सबै लाग्न निर्देशन निइएको समेत बताउनुभयो । नेकपाका नेता समेत रहेका मन्त्री यादबले घर निर्माण, पुनस्थापना र सहज जीवनको लागि आवश्यक सबै उपाएको अवलम्बन गर्न सबै तहका सरकार लागि परेको समे्त बताउनुभयो । उहाँले पार्टीका कार्यकर्ताहरुले राहातमा उल्लेख्य भूमिका निर्बाह गरे्को समेत बताउनुभयो । पत्रकार सम्मेलनमा नेकपाका नेताहरु प्रभु हजरा, छोटेलाल यादब, राजकुमार गुप्ता, बिचारी यादब, निर्मला देबकोटा, तेजप्रकाश निसाद, बसुरुद्दिन अंसारी लगायतको सहभागिता रहेको थियो । यसअघि मन्त्री यादवले वीरगंज २२ जगरनाथपुरमा २०९ बोरा चामल बितरण गर्नुभएको थियो ।

Back to top