×

वीरगन् २१ चैत । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बारा–पर्सा आँधीमा २८ जनाको मृत्यू र ५ सयभन्दा बढी नागरिक घाईते भएपनि संघीय सरकारले राष्ट्रिय शोकको घोषणा नगरेकोमा दुःख व्यक्त गरेका छन् ।

विहिवार नयाँ शक्ति पार्टीद्वारा जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गर्दा पनि नगरेको बताए । उनले भने, ‘एउटा मन्त्रीको निधन हुँदा राष्ट्रिय शोक मनाउने सरकार बारा–पर्सा हावाहुरीमा यति धेरै क्षति पुर्याउदा पनि चुप लागेर बस्यो । यसबाट सरकारले नागरिकसँग बढी मतलब नराखेको प्रष्ट भयो ।’

मन्त्री सोनलले अहिले बारा–पर्साका पीडितलाई खाना, शौचालय, पानी चाहिएको अवस्थामा प्रधानमन्त्री ओली हेलिक्टरबाट निरीक्षण गर्न आएपनि केहि नदिएको गुनासो गरेका छन् । उनले वर्तमान सरकार संघीयता समाप्त पार्ने खेलमा लागेको पनि आरोप लगाएका छन् ।

Back to top