×

वीरगन्ज २१ चैत । पूर्वी तराईका जिल्लामा गत आइतबार साँझ आएको आएको हावाहुरी पीडितका लागि भारतीय दुतावासले सहयोग सामाग्री वितरण गरेको छ।

नेपालस्थित भारतीय दुतावासले बारा जिल्लाको सुवर्ण गाउँपालिकाको हर्दिया गाउँमा राहत सामाग्री वितरण गरेको हो। साथै दूतावासको टोली राहत वितरणका लागि सुवर्ण गाउँपालिकाकै पुरुषोत्तमपुरमा पनि पुगेको छ।

दूतावासले २०० थान तारपुलिन, खाद्यसामग्री र राहत प्याकेज बाँडेको थियो। दूतावास र वीरगञ्जस्थित कन्सुल अफिसका केही प्रतिनिधिहरु त्यहाँ पुगेका थिए।

 

Back to top