मधेस भवनमा गुपचुप चुरोट कारखानाको बोर्ड झुण्ड्याइयो, जनकपुरबाट राजधानी सार्ने !

295

वीरगन्ज २१ चैत । प्रदेश सरकारले नामाकरण गरेको मधेश भवनको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बोर्ड रहेसँगै जनकपुर चुरोट कारखानाको बोर्ड गुपचप तरिकाले लगाईएको छ ।

प्रदेश सरकारको सबै मन्त्री र अधिकारीहरु सोमवार बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा बिहानै गएको मौका छोपी मुख्यमन्त्री कार्यालयको बोर्ड रहेसँगै जनकपुर चुरोट कारखाना केन्द्रिय कार्यालयको बोर्ड लगाईएको हो ।



प्रदेश सरकार गठन हुनु अगावै नेपाल सरकारले जनकपुर चुरोट कारखानाको भोगचलन प्रदेश सरकारले गर्ने गरी जिल्ला प्रशासन कार्यालय मार्फत उपलब्ध गराएको थियो । तत्कालिन
उद्योग मन्त्री सुनिल थापाले मन्त्रिपरिषदबाट सहमति लिई प्रदेश सरकारको भोगाधिकारका लागि कारखाना हस्तांतरण गरेको निर्णय छ ।

वर्षौदेखि प्रयोगविहिन रहेको कारखानाको भौतिक संरचनाहरुलाई प्रदेश सरकारले मर्मतसंभार गरी प्रयोगमा ल्याएको छ । प्रदेश सरकारको मन्त्रालयहरु र आवास काखाना परिसरमा स्थापना भएदेखि भित्रको अवस्था फेरिएको छ । जिर्ण भईसकेका भवनहरुको मुहार फेरिएको र सुन्दर देखिन थालिएको छ ।

प्रदेश २ मा कृषिजन्य उद्योगहरु स्थापना गर्नुपर्नेमा वीरगञ्जको चिनी मिल सञ्चालन गर्न केन्द्र सरकार उदासिन छ । तर सञ्चालन हुनै नसक्ने चुरोट कारखाना चलाउने नाउँमा जग्गा बिक्री गर्न उद्यत देखिएको छ । केहि महिना पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले मधेश भवन नामाकरण गरिएको प्रति आपत्ति जनाउँदै चुरोट कारखानालाई लिजमा दिने तयारी थालेका थिए ।

वीरगन्ज २१ चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीपरिषदको निर्णयबाट जग्गा प्रदेश सरकारलाई उपलब्ध गराईएको बताउँदै उद्योग मन्त्रालयले बोर्ड लगाउने गलत कार्य गरेको बताए ।

चुरोट कारखानाको हाल ८ जना कर्मचारी छन् । उनीहरु करारमा छन् । ती कर्मचारीहरुपनि त्यहाँ काम विहिन छन् । प्रदेश सरकार गठन नहुँदासम्म सुरक्षाका लागि करारमा राखिएका ती कर्मचारीहरु हाल रहेपनि काम भने छैन् ।

प्रदेश सरकारको मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय र आवास, मुख्यमन्त्रीको कार्यालय र आवास, मन्त्रीहरुको आवास, सचिवहरुको आवासलगायत प्रदेश सरकारका थुप्रेर कर्मचारीहरुको आवास मधेश भवन परिसरमा नै छ । मन्त्रालयको आदेशमा पुरानो चदरामा २ हजार खर्च गरी जनकपुर चुरोट कारखाना केन्द्रिय कार्यालयको बोर्ड बनाईएको छ ।

कारखानाका एक कर्मचारीले मधेस लाइभसँग भने, ‘मन्त्रीले कर्मचारी पठाएर बोर्ड झुण्डयाउन आदेश दिएका हुन् । जनकपुरधामबाट राजधानी हटाउने षडयन्त्रमा लागेकाहरुले चुरोट कारखानालाई ब्युताउने प्रयासमा लागेका छन् ।

कारखाना चलाउनै नक्सने गरी उपकरणहरु विग्रेको भएको छ । तरपनि चुरोट कारखाना सञ्चालन गर्ने नाममा बजेटको चरम दुरुपयोग गर्ने चलखेल भएको स्रोतको दावी छ ।