×

वीरगंज, चैत्र २० - सृजनशील युवाहरुको संस्था संस्कृति र एसोसिएसन अफ नेपालि तराईयन इन अस्ट्रेलिया (एनटा अस्ट्रेलिया)ले आंधीहुरीबाट प्रभावित बारा जिल्लाका गाउँहरुमा पुगी राहत वितरण गरेको छ ।

संस्कृतिकी अध्यक्ष शैली चौधरीको नेतृत्वमा खटिरहेको टोलिले बुधबार महागढिमाई गाउँपालिकाको तेलगाईमा राहत वितरण गर्नुका साथै स्वास्थ्य सिविर संचालन गरेको हो । एनटा अस्ट्रेलिया, ओक्टेभ क्लब काठमाडौँ, हेल्पिङ्ग ह्याण्ड्स नेपाल, विघ्नहर्ता नेपाललगयात विभिन्न दातृ संघ संस्था तथा व्यक्तिहरुको सहयोगबाट संस्न्कृतिले बुधबार तेलगाईमा १ लाख ५० हजार भन्दा पनि बढिको राहत वितरण गरेको छ ।

संस्कृतिले तेलगाईमा आंधीहुरीबाट घर गुमाएका व्यक्तिहरुलाई त्रिपाल, सुत्ने म्याट, लामुखुट्टे धपाउने झुल, ओढ्ने ब्ल्याङ्केट, बाल्टिन, मग, सेण्टरि प्याड, खाद्यन्न् सामाग्रीलगयातको सहयोग उपलब्ध गराएको संस्कृतिका उपाध्यक्ष आँशु सर्राफले बताए ।

सर्राफले संस्कृतिद्वारा राहत वितरण गर्नुका साथ् नेसनल मेडिकल कलेजका डाक्टरहरुको सहयोगमा स्वास्थ्य सिविर समेत संचालन गरिएको जानकारी गराए । 'संस्कृतिले एनटा अस्ट्रेलियाको मुख्य आर्थिक सहयोग र अन्य थुप्रै दातृ संघ संस्था तथा व्यक्तिहरुको सहयोगबाट शोमबार देखिनै बाराका प्रभावित क्षेत्रहरुमा पुगी राहत वितरण गरिरहेको छ, उनले भने, 'राहत वितरण संग-संगै हामीले स्वास्थ्य सिविर संचालन, अस्थायी टहरा तथा सौचालय निर्माणलगयातका कार्यहरु पनि गरिरहेका छौं ।'

संस्कृतिले आंधीहुरीबाट प्रभावित बाराका विभिन्न गाउँहरुमा पुगी स्थानीय जनप्रतिनिधि र प्रहरीसंग सामान्य गर्दै राहत वितरण गरिरहेको अध्यक्ष चौधरीले जानकारी गराईन । उनले संस्कृतिद्वारा राहत वितरणको कर्यक्र अझै केहि दिन सम्म जारी रहने बताईन । चौधरीले बिहिबार बारा र पर्साका प्रभावित क्षेत्रहरुमा समेत राहत लिएर पुग्ने योजना रहेको जानकारी गराईन ।

'हामि नेपालभरिका संघ संस्थाहरु संग समन्य गर्दै सहयोग संकलन गर्नका साथै यहाँ राहत लिएर आएका विभिन्न टोलिहरुलाई समेत प्रभावित क्षेत्र सम्म लगेर मदत पुर्याउन सहयोग गर्दै छौं,' चौधरीले बताईन, 'भोलि पनि काठमाडौँ लगयातका स्थानहरुबाट राहत लिएर टोलिहरु आईरहेका छन्, उहाँहरु संग समन्यव गर्दै हामि भोलि राहत वितरण गर्ने छौं ।' उनले एकद्वारा प्रणाली अन्तर्गत सहयोग वितरण गर्न आफुले सकभर प्रयास गरिरहेको बताईन ।

संस्कृतिले बुधबार सम्म २ लाख ५० हजार भन्दा बढिको राहत वितरण गरिसकेको संस्थाका कोषाध्यक्ष विनित डाल्मियाले बताए । उनले पारदर्शिताका लागि संकलित रकम र खर्च भएको सम्पूर्ण रकमको विवरण संस्कृति फेसबुक पेज मार्फत प्रकाशित गरिरहेको जानकारी गराए । राहत वितरण कार्यक्रममा संस्कृतिकी सदस्य अल्का कलवार, विवेक बरनावाल, विघ्नहर्ता नेपालका गोमेश उप्रेती, नेसनल मेडिकल कलेजका महेन्द्र पाण्डे, रामजी रामलगयातले स्वयंसेवकका रुपमा सहयोग गरेका थिए ।

Back to top