मन्त्री जितेन्द्र सोनलले दिए मृतकका परिवारलाई ११ हजार क्रिया खर्च

116
Share
  • 1.8K
  •  
  •  
    1.8K
    Shares

वीरगन्ज  २० चैत । प्रदेश २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले आइतबारको हुन्डरीबाट बारा–पर्सामा मृत्यु भएकाको परिवारलाई क्रिया खर्च सहयोग गरेको छ। प्रदेश २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मृतकका परिवारलाई राजपा नेपालका तर्फबाट बुधबार जनही ११ हजार रुपैयाँ नगद प्रदान गरेका हुन्।हुन्डरीबाट बारा–पर्सामा २८ जनाको ज्यान गएको थियो। प्रत्येक परिवारलाई क्रियाखर्च बापत तत्काल ११ हजार नगद उपलब्ध गराएको मन्त्री सोनलले जानकारी दिए। उनले फेटा गाउँपालिकाको भलुई भरवलियामा खानेपानीका लागि १० थान चापाकलसमेत उपलब्ध गराएको बताए।हुन्डरीले भलुई भरवलियाका चापाकलसमेत उखेल्दा पानी अभाव भएकाले १० थान चापाकल उपलब्ध गराएको जानकारी दिए। मन्त्री सोनलले हुन्डरी प्रभावित क्षेत्रमा बुधबार स्थलगत अनुगमनमा अत्यावश्यक वस्तु तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।यसअघि प्रदेश २ सरकारले मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने घोषणा गरिसकेको छ। घाइतेलाई निःशुल्क उपचार तथा बसोबासका लागि घर निर्माणलगायत आवश्यक सहयोग गर्ने घोषणा गरिसकेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here