×

संजिव मिश्र,वीरगंज १७ चैत्र । पर्साको बिन्दवासनी गाँउपालिका वडा नंम्बर २ टोल बहुअर्वाभाठामा आज महिला संजाल गठन भएको छ । वडा अध्यक्ष संजय चौहानको अध्यक्षतामा भएको भेलाले ४१ सदसीय महिला संजाल गठन गरेको छ । भेला गाँउपालिका उपाध्यक्ष किरण देवी गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । भेलालाई सम्भ्बोधन गर्दै प्रमुख आतिथी गुप्ताले महिलाको हक अधिकारको लागि महिला स्वयमले अगाडि बढनु पर्ने धारणा राख्नुभयो । उहाँले शिक्षा ,स्वास्थ्यमा छोरा सरह छोरीलाई सम्मान व्यवहार गर्न आग्रह गर्नुभयो । भेलाले तारादेवी चौहानको अध्यक्षतामा ४१ सदसीय महिला संजाल गठन गरेको छ । नव गठित संजालको उपाध्यक्षमा कुन्तिदेवी मुखिया,सचिवमा सुनिता देवी राम, कोषाध्यक्षमा सानमती देवी चौरसिया,सदस्यमा चन्रज्योति देवी,राजपती देवी, बासमती देवी,सरस्वती देवी,सुनैना देवी,अन्तिमा देवी, लालमुनी देवी लगायतको रहेका छन । भेलामा गाँउपालिका समाजिक शाखा प्रमुख रामप्रवेश साह, आश्विनी कुमार मिश्रा,ईन्दु देवी पंडित, लगायतको सहभागिता रहेको थियो ।

Back to top