×

वीरगन्ज १५ चैत । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश नं। २ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्द भए पछि आज बिहान देखि वीरगन्जमा तनाव बढेको छ ।

परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई परिक्षा स्थगित भएको सुचना पश्रचात फर्केका आक्रोषित विद्यार्थीहरु वीरगन्जको घण्टाघरमा प्रर्दशन गर्नुको साथै तोडफोड समेत गरेका छन ।

प्रर्दशनको क्रममा विद्यार्थी र प्रहरी विच धेरै पटक झडप पनि भएको छ । अहिले घण्टाघरको अवस्था तनावगैसत नै छ । प्रहरीले प्रर्दशनमा उत्रेका विद्यार्थीहरु माथी पानीको फोहरा तथा आश्रुग्यास समेत छोडेको छ । प्रहरीले विद्यार्थीहरुको आन्दोल दवाउन पानी आश्रुग्यास छोडे पछि प्रहरी माथी डुगामुडा समेत गरेका थिए ।

बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेको हो । बिहीबार रद्द भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णु अधिकारीले जानकारी दिए । सप्तरीको परीक्षा केन्द्रमा लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि परीक्षा रद्द भएको हो । प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार परीक्षार्थीबाट खोसिएको चिटको प्रतिलिपि हुबहु मेल खाएको फेला परेको सशस्त्रका एसपी खेम थापाले बताए ।

बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ला परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको हो । तर प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।

सप्तरीमा बुधबार राति नै जिल्ला शिक्षा समन्वय समितिका कर्मचारी, परीक्षा केन्द्रमा खटिएका निरिक्षक, सुरक्षाकर्मी लगायतको मिलेमतोमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार लिइएको अनिवार्य विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

https://www.facebook.com/100028204114575/videos/262869061329896/?t=11

https://www.facebook.com/100028204114575/videos/262862394663896/?t=16

https://www.facebook.com/100028204114575/videos/262886337994835/?t=6

https://www.facebook.com/kantipuronline/videos/254265852023090/?t=10

Back to top