×

वीरगन्ज १५ चैत । नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा तोकिएको लक्ष्यअनुसार राजश्व उठ्न सकेको छैन ।

नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयका हाताभित्रबाट कार्यालयका प्रमुख श्याम भण्डारी र कर्मचारीहरुको मिलोमतोमा ब्यापक रुपमा तस्करी हुनथाले पछि तोकिएको लक्ष्यअनुसार राजश्व उठ्न सकेको छैन ।

कार्यालयका अनुसार चालू आव २०७५९०७६ को फागुन महीनासम्मको लक्ष्य रु एक खर्ब ८१ अर्ब ११ करोड रहेको भए पनि सो कार्यालयले रु एक खर्ब एक अर्ब २८ करोड मात्रै राजश्व सङ्कलन गरेको छ । कार्यालयले लिएको लक्ष्यको ९३।४५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयका प्रमुख श्याम भण्डारीले बहाना बनाउदै उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, विविध किसिमका उपकरण, सिमेन्ट उद्योगका जिप्सम, क्लिङ्कर, गाडीका पार्टपुर्जा, मोटरसाइकल, स्काभेटर, क्रेन, विद्युत् आयोजनाका विद्युतीय सामग्री तथा पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्यका सामग्रीका आयातमा कमी आएका कारण भन्सार राजश्व लक्ष्यअनुसार उठ्न नसकेको बताउछन ।

जबकी वीरगञ्ज भन्सार नाकाबाट नेपाल बाहिर आल्मुनियम, छड, डण्डी, जमोट कपडा, सिआर सिट, हाते झोला, टोपी, तामाका सामान, फिडसप्लीमेन्ट, स्पोर्ट सुज, जुस, जाम र कृषि जडीबुटीलगायतका सामग्री निर्यात हुने गरेको छ ।

Back to top