×

वीरगंज, चैत्र १५ - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसीए) अमेरिकाको बोर्ड अफ डाइरेक्टरको पदमा कलैयावासी प्रमोद (राज) सर्राफले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

अमेरिकाको आईटी क्षेत्रमा विगत १२ वर्ष देखि काम गर्दै आएका सर्राफले अबको आफ्नो यात्रामा विश्वभरि छरिएर बस्दै आएको नेपाली समुदायको उत्थान र प्रगतिको लागि काम गर्ने उद्द्येश्ले आफ्नो उम्मेद्वारी दिएको बताए । उनले आफ्नो यस यात्राको सुरुवात अमेरिकाबाट गर्ने भने ।

नेपाल बाहिर रहेका मधेसीहरुको छाता संगठन मधेसी एसोसिएसन ईन अमेरिका (मा)को स्थापनाकाल देखिनै प्रवक्ता रहेका सर्राफ हाल एनआरएनए एनसीसीएको व्यापार र पर्यटन कार्यदलको सह-अध्यक्ष समेत रहेका छन् । सर्राफले निर्वाचनमा वाचा बाड्नु भन्दा पनि आफुले गरेको कामबाट सबैलाई प्रभावित पारेर जित्ने उद्द्येश्य बोकेको बताए । उनले विश्वभारी रहेको नेपालीहरुको विकास र प्रगति आफ्नो एक मात्र अजेण्डा रहेकोले आफु अन्य उम्मेदवार भन्दा बढि प्रभावशाली रहेको दावी समेत गरे । सर्राफले निर्वाचन पश्चात नेपाल बाहिर बस्ने नेपालीहरुको जीवन सरल र सुखमय बनाउन खालका कार्यहरुमा जोर दिन आफ्नो प्रथम प्राथमिकता रहने बताए ।

नेपालको त्रिभुवान विश्वविद्यालयबाट कंप्यूटर इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका सर्राफले अमेरिकाको व्रिजपोर्ट विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर डिग्री प्राप्त गरेका छन् । सर्राफले विगत ७ वर्ष देखि अमेरिकाको भेराईजन वायरलेस, सिङ्क्रोसिस टेक्नोलोजी, चार्टर कम्युनिकेसन, एक्सएल इन्सुरेन्स, ईप्कोर ईआरपी र जेर्दन कोर्पोरेसन जस्ता विभिन्न आईटि कम्पनिहरुमा प्रणाली व्यवसाय विश्लेषक, उत्पादन प्रबन्धक, संसाधन प्रबन्धक र प्रणाली एकीकरण डिजाइनर सलाहकारमा जस्तो पदमा काम गरिसकेका छन् । सर्राफ अहिले अमेरिकामै रियल एस्टेट व्यापारमा पनि आबद्ध छन र अमेरिका भरि १० वटा भन्दा बढि ब्युटी स्पाका सह-संचालक पनि हुन् ।

विश्वभारी छरिएर बस्दै आएको नेपाली समुदायलाई आवश्यक पर्ने आइटि सम्बन्धित परामर्श र उच्च स्तरको आईटि सेवा प्रदान गर्ने उद्द्येश्यले सर्राफले सन् २०११ देखि हिम टेक इन्क समेत स्थापना गरेका छन् । उनले आफ्नो परामर्श प्रदान गर्ने कम्पनिले विश्वभरि छरिएर बसेका नेपालीहरुलाई विश्वस्तरमा सस्तो र शुलभ ढंगले सेवा उप्ल्पध गराउने अमेरिकाको पहिलो कम्पनिहरु मध्ये एक भएको बताए ।

सर्राफले हाल आधा दर्जन भन्दा बढि वैश्विव्यापिक स्तरका प्रोजेक्टहरु प्रत्यक्ष रुपमा आबद्ध रही संचालन गरिरहेका छन् । नेपालको तराई-मधेस क्षेत्रका २२ वटै जिल्लाको पर्यटन विकास र प्रवर्द्धन गर्ने उद्देश्यले उनी भिजिटि मधेस नेपाल अभियानमा ग्लोबल संयोजकका रुपमा संलग्न रहेका छन् । भिजीट मधेसले यस क्षेत्रमा पर्ने सम्पूर्ण पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरि पर्यटक आकर्षित गर्ने र पर्यटकिय स्थलहरुको प्रवर्द्धन, संरक्षण र शुरक्षालगयातको कार्य गर्ने गर्छ । त्यसैगरी सर्राफले देश बाहिरा बस्दै आएका नेपाली व्यवसायीहरुको सहयोगका लागि ग्लोबल बिजनेस नेटवर्किंग र बिजनेस सपोर्ट सेन्टरका रुपमा अर्को परामर्श सेवा प्रदान गर्न संस्था हिमबिज सपोर्ट पनि स्थापना गरेका छन् ।

उनले एनआरएनहरुलाई लक्षित गर्दै तराई घर जग्गा डट कम नामक वेबसाइट समेत विकास गरेका छन् । तराई घर जग्गा मार्फत विश्वको कुनै कुनाबाट पनि नेपालमा डिजिटल प्रविधिको प्रयोगले व्यापारिक र आवासीय उद्द्येश्यका लागि घर, जग्गा, कार्यालय खरिद/विक्री र भाडा लिन/दिन सहयोग पुग्छ । उनले तराई-मधेसकै पहिलो एचडी टेलिभिजन च्यानल समेत स्थापाना गर्ने तैयारी गरिरहेको जानकारी गराए । त्यस्तै सर्राफले एक्सपोर्ट टु नेपाल, इन्भेस्ट इन नेपाल फोर एक्सपोर्ट जस्ता अन्य कयौं प्रोजेक्हरु संचालन गरेका छन् ।

Back to top