×

वीरगन्ज १५ चैत । डाक्टर श्रीमानबाट निर्घात पिटिएकी वीरगञ्ज महानगरपालिका-२० की सुनिता यादवको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत् ३६ वर्षीया यादवको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमानको कुटाइबाट शरीरभरि र टाउकोमा समेत चोटपटक लागेकी यादवलाई सुरूमा नारायणी उपक्षेत्रीय अस्पताल हुँदै वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चैत १२ गते शिक्षण अस्पताल ल्याइएको थियो। यादवलाई डाक्टर सोमबार ल्याएको हो। यादवलाई चैत ६ गते श्रीमानले कुटपिट गरेका थिए। कुटपिट गर्ने डाक्टर सचितानन्द यादवलाई गत शुक्रबार पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्। निर्घात पिटिएकी अनितालाई आइसियुमा राखी उपचार थालिएको थियो। अनिता सचितानन्दकी जेठी श्रीमती हुन्। अनिताबाट सन्तान नभएपछि डाक्टरले कान्छी श्रीमती अनिताकाे ईछाले ल्याएका थिए ।

Back to top