×

वीरगंज, चैत्र १५ - पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले संघीय सरकारका शिक्षा मन्त्रि गिरिराजमणि पोखरेलको राजिनामना माग गरेका छन् । प्रदेश नं. २ को सप्तरी जिल्लामा परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत बिहीबार प्रदेश भरिका जिल्लामा विज्ञान र शुक्रबार सामाजिक शिक्षा विषयको परीक्षा रद्द गरिएको विषयलाई लिएर सांसद यादवले शिक्षा मन्त्रिको राजिनामा माग गरेका हुन् ।

यात्रा डेली संग कुरा गर्दै सांसद यादवले एक जिल्लामा प्रश्नपत्र बाहिरीए पछि प्रदेश भरिका जिल्लाको परिक्षा रद्द गर्नु अवैज्ञानिक भएको बताए । उनले शिक्षा मन्त्रि गिरिराजमणी पोखरेलले विद्यार्थीहरुको भविष्य संघ खेलवाड गरेको आरोप लगाउदै अभिलम्ब राजिनामा दिने माग गरे । सांसद यादवले प्रश्नपत्र लिक गराउनेलाई खोजि गरि कारवाही गर्न सट्टा परिक्षा रद्दगर्नु कुनै हिसाबले उचित नभएको धारणा व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले संघीय सरकारका मन्त्रिले प्रदेश नं. २ लाई बद्नाम गर्न यस्तो गरेको आरोप समेत लगाए । 'संघीय सरकारले प्रदेश नं. २ लाई बद्नाम गराउन यस्तो प्रपञ्च रचेको छ, सांसद यादवले भने, 'एक जिल्लामा प्रश्नपत्र बाहिरे पछि सम्बन्धित जिल्लाको परिक्षा रद्द गर्नु पर्ने ठाउँमा प्रदेशभरिको परिक्षा रद्द गरेरे मधेसका विद्यार्थीहरुलाई मानसिक तनाव थप्ने काम गरिएको छ ।'

विद्यार्थीहरुको माग लाई जायज बताउदै सांसद यादवले यस विषयलाई लिएर सडकमा उत्रेका विद्यार्थीहरुलाई धैर्यता अपाउन आग्रह गरे । 'विद्यार्थीहरुको माग जायज छ, तर उहाँहरुले विरोध जनाउने तरिका गलत छ, उनले भने, 'म विद्यार्थी र अभिभावकहरु संग धैर्यताका साथ् आफ्नो विरोध प्रदर्शन गर्न आग्रह गर्दछु ।'

प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि राष्ट्रिय परीक्षा बोर्डले प्रदेश भरिको परिक्षा रद्द गरेको थियो ।

Back to top